दलित तथा गैर दलित उत्कृष्ट छात्राहरुलाई शिक्षामन्त्री पोखरेलले सम्मान तथा नयाँ बिद्यार्थीलाई छात्रवृद्धि प्रदान

अमेरिका,

नेपाल दलित महिला उत्थान संघ द्वारा आयोजना गरिएको “उच्च शिक्षामा दलित महिला को अवस्था ,छात्रवृति तथा सम्मान” नामक कार्यक्रममा शिक्षामन्त्री पोखरेलले दलित तथा गैर दलित उत्कृष्ट छात्राहरुलाई सम्मान तथा नयाँ बिद्यार्थीलाई छात्रवृद्धि प्रदान गरेका छन् ।

उक्त कार्यक्रममा उत्कृष्ट छात्राहरुलाई सम्मानको साथै यस बर्ष थप १ सय जना बिद्यार्थीहरुलाई महाबिद्यालय(कलेज) स्तरको लागि छनौट गर्दै छात्रवृद्धि प्रदान गरिएको हो ।

प्रमुख अतिथि रहेका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले ४ महिनाभित्र अनिवार्य शिक्षा ल्याउने तयारी भइरहेको बताए । उनले अगाडी भने अहिले सम्म विद्यार्थीहरु विद्यालय नजाने र शिक्षामा पछि परेको भन्दै यो निती ल्याउन लागेको समेत जानकारी गराए ।

नेपाल दलित महिला उत्थान संघले आयोजना गरेको कार्यक्रममा मन्त्रि अपांग, दलित, मुस्लिम, सिमाङ्ककृत, र आर्थिकस्तर कमजोर भएका विद्यार्थीहरुलाई सरकारले सहज र सरल रुपमा विद्यालयसम्म पुग्ने वातावरण सिर्जना गरेको स्पष्ट पारे ।

उक्त कार्यक्रममा सघंले विगतमा लामो समय देखी छात्राहरूलाई ‘महत्वकांक्षी छात्राकोष’ छात्रवृत्ति वितरण गर्दै आएको र यस वर्ष देखी उक्तकोष अझै धेरैजनालाई प्रदान गरिने संघकी संस्थापक अध्यक्ष तथा संरक्षक डा विष्णुमाया परियारले जानकारी दिइन्।

यस सस्थाले विगत लामो समय देखी विद्यालय पोषक वितरण कार्यक्रम संगसंगै व्यक्तिगत प्रयोजित छात्रवृत्ति कार्यक्रम पनि संचालनमा ल्याएको र हालसम्म निरन्तर चलिरहेको डा परियारले बताइन ।

कक्षा १० उतिर्ण गरेका दलित महिलाको उच्च शिक्षामा सहभागीलाई सुनिश्चित गर्नका लागी सघंले महत्वाकांक्षी छात्राकोष स्थापना गरी वितरण गर्दै आएको छ ।


स्मरण रहोस ,महत्वाकांक्षी छात्राकोष कार्यक्रम दलित छात्रालाई मात्र नभइ गैरदलित विद्यार्थीहरु पनि लाभान्वित भएका छन् । सोही कार्यक्रममा यस छात्रवृत्तिबाट प्राप्त गरी उच्च शिक्षा हासिल गरी सकेर सरकारी तथा गैर सरकारी जागिर तथा आय आर्जन गर्न सक्ने त्यसै गरी प्राविधिक शिक्षा हासिल गरी सरकारी तथा गैर सरकारी संघसस्थामा जागिर खाएका विद्यार्थीहरुलाइ प्रोतसाहन गर्दै सम्मान गरिएको हो ।

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका नगर प्रमुख स्टेभन फुलपकि डाईभर्सिटी एण्ड ईन्क्लुसन बोर्ड सल्लाहकार समेत रहेकी डा. परियारले सुरु गरेको संस्था एड्वानले सन् १९९८ देखि हालसम्म नेपालका बिपन्न र दलित समुदायका बालबालिकाहरुलाई शैक्षिक सहायता गर्न सफल भएको छ ।