चितवनबाट मेगा एजुकेशन फेयर २०१८ को शुरुवात, नेपालका यी मुख्य तीन शहरमा हुदै

  जेठ, ८ गते काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै मोफसलका मुख्य  तीन प्रमुख शहरहरुमा मेगा एजुकेशन फेयर हुने भएको छ । वान अप प्रा.लि.को आयोजनामा चितवनको भरतपुर, रुपन्देहीकोे बुटवल र कास्कीको पोखरा मेगा एजुकेशन फेयर हुने भएको हो ।

अध्यनको लागी बिदेश जान चाहने विद्यार्थीलाई सहि परामर्श दिनका लागि मोफसलमा प्रमुख तीन शहरमा मेगा एजुकेशन फेयर आयोजना गरिएको आयोजक वान अपले जनाएको छ ।

मेगा फेयरमा अष्ट्रेलिया, अमेरिका, न्युजल्याण्ड, क्यानडा, जापान, इण्डियाका शैक्षिक जानकारी दिईने ब्यवस्था गरिएको वान अपका इभेण्ट मेजेनर भोला पोख्रेलले बताए । ‘अध्यनको लागी बिदेशमा जान चाहने विद्यार्थीलाई एकै छानामुनी दर्जनौं शैक्षिक परामर्शदाता भेला गरेर सहि काउन्सेलिङ गर्न मेगा फेयर गरिएको हो ।

’ इभेण्ट मेजेनर पोखरेलले बताए । यहि जेठ ११ र १२ गते चितवनको भरतपुर स्थित भरतपुर गार्डेन रिसोर्ट, जेठ १८ र १९ मा वुटवलको सिद्धार्थ कटेज र २५ र २६ गते पोखरा न्यूरोड स्थित सिटि स्क्यायरमा मेगा एजुकेशन फेयर हुने छ । फेयरमा कक्षा १२ को परिक्षा दिएर ब्याचलर तथा माष्टर्स गर्न विदेश जाने सोच बनाएका विद्यार्थीले सहभागी हुन सक्छन् ।

विद्यार्थी अभिभावकलाई अध्यनको लागी बिदेशका विविध विषयमा जानकारी दिन दक्ष तथा नेपाल सरकारबाट मान्यता प्राप्त काउन्सलर र कन्सल्टेन्सीको सहभागीता रहनेछ । फेयरमा विद्यार्थीलाई करियर काउन्सेलिङ समेत गर्ने भएकोले करियर निर्माणमा महत्वपूर्ण खुड्किलो हुने आयोजक वान अपका इभेण्ट मेनेजर पोखरेलले दावि गरे । ‘हामीले विगत लामो समयदेखि शैक्षिक मेला आयोजना गर्दै आईरहँदा मुख्य रुपमा विद्यार्थीको आवश्यक्ता र चाहना अनुसार काम गरिरहेका छौं । यो फेयरले विद्यार्थीलाई अध्यनको लागी बिदेशका धेरै विषयमा जानकारी दिन सक्नेछ ।’ उनले भने । फेयरमा देशका दुई दर्जन भन्दा बढि कन्सल्टेन्सी तिनले प्रतिनिधित्व गरेका देश तथा त्यहाँका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागीता रहनेछ । आयोजकले फेयरमा आउने विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको समेत ब्यवस्था गरेको छ