नेकपाको केन्द्रिय सदस्य बन्ने पक्का भएका यी हुन् तत्कालिन एमालेका सात नेताहरु .

स्कट  नेपाल/ काठमाडौँ,   तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बिहीबार गठन भएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई केन्द्रिय सदस्य क कसलाई बनाउने भन्ने चटारो परेको छ ।

नयाँ नेकपामा केन्द्रीय समितिको संख्या ४४१ सदस्यीय बनाउने सहमति भइसकेको छ । जसमा एमालेबाट २४१ जना नेताहरु  केन्द्रीय सदस्य बन्नेछन् । जुन  मध्य   तत्कालिन एमालेका २०१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरू  स्वत बनेका छन् भने नयाँ ४० अनुहारको खोजी यतिबेला एमालेमा हुदै  छ ।

एमाले उच्च स्रोतका अनुसार केहि नामहरु लगभग तय भैसकेका छन् भने बाकीं नामहरुको लागी  छलफल जारी छ

यी हुन् अब नेकपामा तत्कालिन  एमालेबाट  बन्ने नयाँ केन्द्रिय सदस्यहरु …

भानुभक्त जोशी

६४ सालको निर्वाचनमा एमालेको नतिजा कमजोर स्थितिमा पुगेको समयमा पनि बझाङको क्षेत्र नम्बर १ बाट अत्याधिक मतले बिजयी भएका लोकप्रिय नेता हुन् भानुभक्त जोसी झलनाथ खनाल प्रधानमन्त्री बन्दा खनाल सरकारमा रहेर बन मन्त्रालयको जिम्मेवारी सम्हालेका जोसी अत्यन्तै भद्र सरल इमान्दार र स्पष्टबक्ताको रुपमा परिचित छन् ।

जोसी सेती अन्चल इन्चार्ज हुदाँ भएको दोश्रो संबिधानसभाको निर्वाचनमा तत्कालिन एमालेलाई सबैभन्दा ठुलो पार्टी बनाउन सफल बनेपछि उनको चर्चामा एमाले वृतमा कुशल कमान्डरका रुपमा परिचित भएको थियो ।

त्यस्तै एमालेको नवौ महाधीबेशनमा ओली प्यानलबाट सचिवका दाबेदार मानिएका उनी  पछी खुल्ला केन्द्रीय सदस्यबाट लड्दा ३ मतका कारण पराजित हुन् पुगेका थिए ।

जोसी हालको प्रदेश नम्बर ७ का जनता र पार्टी कार्यकर्ता माझ अत्यन्तै लोकप्रिय छन् ।

 

गोकुल बास्कोटा

वर्तमान केपी ओली सरकारमा सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका बास्कोटा प्रतिनिधिसभा निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये केपी ओलीपछि दोस्रो लोकपि्रय मत पाएर बिजयी बनेका सांसद हुन्  ।

करीव दुई दशक सक्रिय पत्रकारिता गरेका बास्कोटा संगठन निर्माण र पार्टी सञ्चालनमा पनि उत्तिकै प्रखर एवं स्पष्ट बक्ता मानिन्छन

०४८ सालमा अनेरास्ववियु काभ्रेको  जिल्ला अध्यक्ष बनेका उनी पछी तत्कालिन नेकपा एमाले काभ्रेको ०६३ देखि ०७१ सम्म पार्टी प्रमुख (सचिव र पछि अध्यक्ष) को जिम्मेवारी समेत सम्हालेका थिए

पछिल्लो समय पत्रकारीता छोडेर पार्टी राजनीतिमा होमिएका बास्कोटा हाल पार्टीको प्रदेश कमिटी सदस्य तथा केन्द्रीय स्कुल विभाग सदस्य छन् । उनी प्रेस चौतारी नेपालका संस्थापकसमेत हुन् ।

 

मिना श्रेष्ठ 

तत्कालिन एमालेमा जुजारु र सक्रिय युवा नेतृको रुपमा परिचित नाम हो मिना श्रेष्ठ ।

एमालेका  नेताहरु र कार्यकर्तामाझ लोकप्रिय नेतृ श्रेष्ठ युवा तथा खेलकुद विभागको सदस्य  बिगतमा  युथ फोर्स डेस्क इन्चार्ज हुदै निरन्तर राजनीतिमा सक्रिय छन्

बिगतमा तत्कालिन एमालेको मेची महाकाली अभियान तिनै तहका निर्वाचनमा कमान्डर बनेर अग्रपंक्तिमा उभिएकी नेतृ हुन् त्यसैगरी केपी ओली पहिलोपटक प्रधानमन्त्री हुदा उहाँको  सचिवालयमा स्वकिय उपसचिव बनेर काम गरेको अनुभव समेत श्रेष्ठसंग छ ।

खगराज अधिकारी

कास्की क्षेत्र नं. १ मा वाम गठबन्धनतर्फबाट विजयी भएका  नेता हुन्  खगराज अधिकारी

२०३२ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेका अधिकारी २०५१ सालमै सांसद  बनेका अधिकारी  २०७० सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री  बनेपछि स्वाथ्य बिमा कार्यक्रमले सर्वाधिक लोकप्रिय बने ।

खगराज अधिकारी अहिले पनि नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को उपाध्यक्ष हुन ।

कृपाशुर शेर्पा

२०७० सालको दोश्रो संबिधान सभाको निर्वाचनमा  भोजपुरबाट निर्वाचित एमाले सभासद् हुन् कृपाशुर शेर्पा ।

सुशील कोइराला सरकारमा  एमालेको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बनेका उनी स्पष्टबक्ता सरल र कार्यकर्ताहरु माझ लोकप्रिय मानिन्छन ।

संसदमा रहदा वा नरहँदा निरन्तर समाज सेवामा अग्रसर शेर्पाको पहलमा भिभिन्न जिल्लामा अस्पताल र स्कुलहरु संचालन भैरहेका छन् ।

पूर्व मन्त्री कृपाशुर शेर्पा  पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठनको अध्यक्ष समेत हुन् ।

चन्द्र रिजाल 

अनेरास्ववियुको राजनीतिबाट उदाएका नेता हुन् चन्द्र रिजाल ।  अखिलको नेतृत्व तहमा काम गरिसकेका उनी  नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका पूर्व अध्यक्ष हुन्

पर्यटन व्यवसायी संघको बिभिन्न तहमा नेतृत्व गरेका उनी हाल तत्कालिन एमालेको पर्यटन प्रवद्धन विभागका सचिव समेत हुन् ।

त्यसैगरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पूर्व अध्यक्ष समेत रहेका धादिङ  निवासी रिजाल संगठन निर्माण र पार्टी सञ्चालन र नेतृत्व तहमा पनि क्षमतवान्   स्पष्ट बक्ता मानिन्छन ।

 

राजीव पहारी 

देशकै धेरै विद्यार्थीले अध्यन गर्ने पोखराको पृथ्वी नारायण क्यामसको स्ववियु सभापति हुदै राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् राजीव पहारी ।

अनेरास्ववियु स्ववियु हुदै युवासंघको केन्द्रीय अध्यक्ष  भएपछी  पहारी राष्ट्रिय राजनीतिमा अब्बल छबी बनाउन सफल भएका युवा नेता हुन् ।

बिशेष गरी नेपालको राष्ट्रियता स्वाभिमान र स्वतन्त्रको पक्षमा दह्रो अडान राख्ने पहारी युवा संघको अध्यक्ष हुदा दुई बर्ष पहिले नै कम्युनिष्टहरु मिल्नुपर्छ भनेर ओली प्रचण्डलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

केपी ओली बिगतमा प्रधानमन्त्री बन्दा भारतले लगाएको नाकाबन्दी बिरुद्ध लडन युवाहरुको तर्फबाट साथ् दिने नेता पनि उनै पहरी नै हुन् ।

एमालेको मेची महाकाली अभियान पछी मधेशमा एमालेलाई निषेध गर्न खोज्ने बिरुद्ध युवाहरु लिएर  मधेश छिर्ने हिम्मत गर्ने र तराईका बाढी र डुबान पिडितलाई राहत बोकेर समेत पुग्ने गरेका नेता हुन् ।

पहारी हाल प्रदेश नम्बर ४ को प्रदेशासभा सदस्य छन् ।

 

महेश बस्नेत

तत्कालिन एमालेको भातृसंगठन  युथ फोर्स प्रमुख र त्यसपछि ०६७ सालमा युवा संघको केन्द्रीय अध्यक्ष  बन्न सफल नेता हुन् महेश बस्नेत ।

०७१ सालको भदौमा उनी सुशील कोइरालाको क्याबिनेटमा उधोगमन्त्री भएका थिए ।  कम उमेरमा गाविस अध्यक्ष भएर समेत चर्चा  बटुलेका  उनले कान्छो  मन्त्रीका रुपमा सिंहदरबार छिर्ने मौका पाएका थिए ।

०७० मा भक्तपुर क्षेत्र नं. २ मा संविधानसभा सदस्यको चुनाव लडे तर थोरै मतान्तरमा पराजित भएका उनी ७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा लोकप्रिय मतले बिजयी भएका थिए ।