युवा पुस्ताले हेर्नै पर्ने वेभ सिरिजको निर्माण :प्रोमो सार्वजनिक

बहुप्रतिक्षित वेभ सिरिज डेस्टिनेशनको प्रोमो सार्वजनिक भएको छ । आवाज इन्टरनेसनलको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक सिरिजको निर्देशन सन्देश शाहले गरेका छन् । शशि शर्मा मजगैंया निर्माता रहेको सिरिजका लेखक प्रेमराज लामिछाने हुन् भने देवराज आचार्य छायांकार हुन् । सामाजिक कथावस्तुमा रोमान्स,द्वन्द्व ,प्रेम,हास्यव्यङ्गय मिश्रित सिरिजमा याङ्शु श्रेष्ठ ,सन्देश शाह,प्रेमराज लामिछाने ,नारायण पौडेल ,कल्पना श्रेष्ठ ,सन्चिता पाठक ,कमल सुवेदी ,देवराज आचार्य ,सागर कान्छो,रसिला चौलागाईं लगायतका कलाकारहरुले अभिनय गरेका छन् । राजधानीमा एक समारोहका बिच सार्वजनिक गरिएको प्रोमोलाई सबैलाई रुचाएका थिए । प्रोमो सार्वजनिक समारोहमा बोल्दै निर्देशक शाहले सिरिजबाट दर्शकलाई बिल्कुलै नयाँ टेस्ट मिल्ने विश्वास व्यक्त गरे । सिरिजको पहिलो सिजन ६ महिनासम्म चल्ने उनलेे बताए । शाह स्वयंले सम्पादन गरेको सिरिजमा सन्दीप डिसिको कथा रहेको छ ।