सबैको चासोको बिषय आखिर को हुन् अशोक दर्जी? गायक नीलमणिले गित बाटै मुख खोले (भिडियो सहित)

स्कटनेपाल, काठमाडौँ

नव प्रतिभा बालक अशोक दर्जी झापा दमकका सामान्य परिवारमा जन्मेका हुन्। निकै मिठो प्रतिभा बोकेका अशोक उनलाई थाहा थिएन उनि एक दिन हरेक नेपाली हरुको मन मुटु र सामाजिक संजाल को भित्ता भित्तामा उनले स्थान पाउने छन् भनेर । एक सामान्य परिबारमा जन्मेमा अशोक कहिले बाटोमा, कहिले होटलमा गित गाउदै हिड्थे र त्यसबाट आएको थोरै पैसाले परिवारको लागी थोरै आवश्यकता धानेको थियो। तर बिडम्बना उनलाई पढ्ने लेख्ने खेल्ने उनको यो सानो उमेरमा रुची हुदाहुदै पनि अशोकले पढ्न पाएका थिएनन कारण परिवार को आर्थिक अबश्था निकैनै कम्जोर थियो। तर अहिले उनि झापा उर्लाबारी स्थित बेथल एजुकेसन एकादेमिले १० क्लास सम्म निशुल्क अध्यन गर्ने ब्यबस्था मिलाएको छ। उनि अहिले स्कुल जान थालिसकेका छन्। यो सबै सहयोग गर्नु पछाडी सहयोगी मन हरु को बिशेष हात थियो जसको नाम जोडिएको छ गायक संगीतकार टंक बुढाथोकी र रुपक सापकोटा !

यसै बिषय बस्तु लाइ मध्य नजर राख्दै गायक नीलमणि भण्डारी ज्यु पनि अशोक दर्जी को सम्मान गर्दै र उनको अभियान लाइ सफल पार्नको लागि एउटा फेसबुक लाइवमै गित को सिर्जना गरेर सबैनेपाली हरु माझ जोडिन प्रयास गर्नु भएको छ तपाई लाइ यो उहाको गित कस्तो लाग्छ तल भिडियोमा बिस्तृत जानकारी सहित हेर्नुहोस !

राम कुमार श्रेष्ठ,
नेपाली सांगितिक क्षेत्रको नयाँ रामकृष्ण ढकालको रुपमा पनि लिइने गरिएको अशोक दर्जीले हालै आफ्नो पहिलो ‘मन बिनाको धन ठुलो कि धन बिना को मन‘ बोलको गीत रेकर्डिङ गराएका छन् नेपाली ड्रेसमा नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग र यस्लाई जीवनको सबैभन्दा ठुलो कामको रुपमा लिनुहुन्छ बुढाथोकी । बाल गायक अशोक दर्जीको स्वरमा सजिएको गीत ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ हिजो मात्रै सार्वजनिक भएको छ र एक्कै दिनमा यस्लाई झन्डै आधा मिलियनले हेरिसकेका छन । अशोकको पहिचान चिनाउने काम मात्रै नभएर जीवनशैली नै फेर्ने काममा मूलत: गायक तथा सङ्गीतकार टंक बुढाथोकी र डिजे रुपक लागि पर्नु भएको छ जुन नेपाली सांगितिक क्षेत्रको लागि ठूलो उपलब्धी हुन सक्छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् झापा दमकका अशोक दर्जी । दर्जीले बाटो, होटलमा दिनभर गीत गाउँदै नाजुक अवस्थामा हिडिरहेको डिजे रुपक सापकोटाले भेटेपछि त्यस्तो अवस्थाभित्र देखिएको कलाकारितालाई फेसबुक मार्फत सार्वजनिक गरेपछि बिस्तारै सामाजिक सन्जालमा भाईरल बन्न पुगे लुकेको बाल कलाकार दर्जी । र आज रुपक सापकोटा अशोकको रुपक दादा मात्रै नभएर धेरैले कर्म दिने बुवाको रुपमा पनि लिने गर्छन् ।
पुरा भिडियोमा हेर्नुहोस !