पत्रकार ऋषि धमलाकी पत्नी एलिजाको यस्तो चर्तिकला !भिडियोनै बाहिरियो

कमल सरगम
काठमाण्डौ
निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’को शिर्ष गीत सार्बजनिक भएको छ। ओएस आर डिजिटलको युटुब च्यानलबाट रिलिज भएको “यस्तो साथी तिम्रो बन्छु म…” बोलको गित उत्कृष्ट बनेको निर्देशक चौलागाईंले बताएका छन् । गीतलाई सरोज पोखरेलको संगीतमा अन्जु पन्त र सुगम पोख्रेलले गएका छन भने निर्देशक चौलागाईको आफ्नै शब्द रहेको छ। बिक्रम सवारको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा नायिका एलिजा गौतम र नायक समुन्द्र पण्डितले फिचर गरेका छन् । उक्त गीतलाई टेकेन्द्र शाहले सम्पदान गरेका छन्. ।फिल्म ‘अनुराग’को वर्ष २०७५ को श्रावण २५ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो।चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवाल को लगानी रहेका छ।उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन्|फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।
शिर्ष गीत हेर्नुहोस: