छोरी बिना यो सृष्टि अधुरो छ ! अझै पनि किन गरिन्छ भूर्ण हत्या ? मार्मिक भिडियो

छोरी बिना यो सृष्टि अधुरो छ !छोरी बिना संसार चल्न सक्दैन ! कबि सोम निरौलाको मिठो मन छुने कबिता गायिका गीता भट्टराई ले मिठो बाचन गर्नु भएको कविता को शिर्षक छ ”छोरी” सुनौ भिडियोमा !
####छोरी####
कबिता लेखन:-कबि सोम निरौला
कबिता बाचन:-गिता भट्टराई
छन्द:-शार्दुल बिक्रिडित

गीता भट्टराइका अरु पनि कविता हरु तल पढ्न सक्नु हुनेछ !

पाखोबारी बाँझै छ ए!खेती लाउँन हिन्।
ला!यो पैसा झट्टै अब कोदाको बिउ किन्।।

खायो ढिँडो हल्लियो हिँड्यो यति मात्रै हैन।
भोलिदेखि जाँतो समा मकै तँले पिन्।।

बुढो हड्डी घोटी घोटी लाठे बनाएँ।
परिश्रमको मूल्य के हो खुरुक्कन चिन्।।

दम् बढेर मेरी आमै!हिरिक्क पो छु त।
कैले आउला ओखती र मुलो पाउँने दिन्?।

बुढेसकालको सहारा तैँ होलास् सम्झेकीथ्येँ।
साहु होस् कि तिर्न मैले सकिन नि रिन्।।

राम-सिता जस्ता सन्तान् दिने हे बिधाता!
यस्तै सन्तान मेरा बनुन् लौन,एक्कैछिन्।।
प्रभु!लौन एक्कैछिन्।।।
यो गजल सन्तान पिडित आमा-बुबामा समर्पित छ,कसैको ब्यक्तिगत जिबनमा मेल खाएमा संयोग मानिनेछ।

####च्याँउसी####

बेहोशीमा लर्खराउँदै कत्ति घर आउँनु च्याउँसी?।
भोलिदेखि सप्रिन्छु म अब रक्सी खाँन्न ल!।।

भट्टीवाल्नीको कस्तो मायाँ?झ्याप्पै के ले छोप्थ्यो च्याउँसी!।
तेरै मायाँ गर्छु अब उसको छेउमा जाँन्न ल!।।

पुरुषार्थ देखाउँदै कत्ति लात्ती हानेँ च्याउँसी!।
अब सप्पै फिर्ता गर्दे मलाई पनि हाँन्न ल!।।

मेरो यस्तो हर्कतले कति आजित् भइस् नि च्याउँसी!।
मेरो खेपिस् ,तेरो खेप्छु एकदुई सर्को ताँन्न ल!।।

भट्टीवाल्नी आफ्नै लाग्थ्यो तोर्पेसँग देखेँ च्याउँसी!
अब तँलाई आफ्नै ठान्छु तैँले पनि ठाँन्न ल!।।

तेरै मायाँ गर्छु अब तैँले भन्या मान्छु च्याउँसी!।
आजदेखि जाँन्न भट्टी यति कुरा माँन्न ल!