९० रोपनी जग्गाका मालिक भन्छन म सडकवासी हो सडकमै मर्छु (मार्मिक भिडियो सहित)

कृपया यो कार्यक्रमलाई अन्तिमसम्म हेरीदिनुहुनका लागि यहाँहरु सबैमा सादार अनुरोध छ।

नीलमणी भण्डारी काठमाडौं,

आजको बसाईमा एक जना यस्ता संघर्षशील ब्यक्तिसँगको प्रत्यक्ष कुराकानी र ऊनले जीवनमा गरेका संघर्षका बारेमा केही जानकारी तपाईँहरु समक्ष प्रस्तुत गर्दैछौ। वि•सं २०१३ सालमा काभ्रे जिल्लाको भुम्लु २, मा जन्मिएका क्षेत्र बहादुर भण्डारी जन्मजातै अपाँङ्ग होईनन् र गरीब परिवारमा जन्मिएका ब्यक्ति पनि होईनन् । ऊनका बुबा ईण्डियन आर्मी थिए र यी क्षेत्र बहादुर भण्डारीका नाऊँमा काभ्रेको भुम्लु २, मा ९० रोपनी जग्गा समेत् थियो। सबैको चाहना हुँन्छ रोडबाट करोडमा पुग्ने, झुप्रोबाट महलमा पुग्ने! तर बिडम्बना यी क्षेत्र बहादुर भण्डारी करोडबाट रोडमा आईपुगेका मानव जीवनका एक पात्र हुन्।

२०३७ सालमा नेपाल प्रहरीको सिपाहीमा भर्ती भएका भण्डारी २०४० सालमा हवलदारमा बढुवा भएका थिए, बाग्मती अञ्चलका ऊनी सकृय हवलदार थिए। २०४४ सालमा नेपालमा पहिलो सार्क सम्मेलन हुँदा ऊनले भुटानी राजाको गाडी ड्राईभ गरेका थिए, ऊनको ड्राईभबाट अति नै प्रशन्नँ भएर ऊनको वफादारीता र काम प्रगतिको लगनशिलताको कदर र सम्मान् गर्दै पहिलो सार्क सम्मेलनमा भाग लिन आएका भुटानी राजाले ऊनलाई तक्मा समेत लगाई दिएका थिए।आफ्नो कार्यकालमा ऊनले धेरै राम्रा राम्रा काम गरेर विभागबाट आफू सम्मानीत भएको कुरा पनि ऊनले हामीलाई बताए।

२०४० सालदेखि २०४७ साल सम्म आफ्नो काम प्रति सकृयता देखाऊँदै आएका प्रहरी हबलदार क्षेत्र बहादुर भण्डारी अब असाईमा बढुवा हुने पक्का पक्की भईसकेको थियो, तर विभाग भित्रका केही भ्रष्ट बिचार बोकेका ब्यक्तिहरुले उनलाई असाईमा बढुवा हुन दिएनन्। त्यसपछि ऊनले २०४९ सालमा नेपाल प्रहरीको जागीरबाट राजीनामा दिए, पूर्व प्रहरी हबलदार क्षेत्र बहादुर भण्डारी दुःखी हुँदै भन्छनः जागीरबाट राजीनामा दिने मेरो चाहना थिएन र असाईमा बढुवा नगरीदिएकोमा पनि मलाई कुनै दुःख मनाऊ थिएन, त्यसबेलाको नियममा राजीनामा दिन्छु भनेपछी सरुवा माग्न पाईन्थ्यो, त्यही सोँचेर मैले राजीनामा दिएको थिएँ तर ठ्याक्कै ऊल्टो भईदियो। विभागका हाकीमले न त मलाई बोलाएर केही सोधपुछ नै गरे, न त स्पष्टीकरण नै मागे। बिना सोधपूछ राजीनामा पत्रमा हस्ताक्षर धस्काई दिएछन् म त छाँगाबाट खसेजस्तो भएँ। विभागका कमाण्डरले धन्यवाद सहितको अवकाश पत्र मेरो हातमा थमाईदिए, त्यही धन्यवाद सहितको अवकाश पत्र समाएर विभागलाई धन्यवाद दिँदै म घर तीर लागेँ। हबलदारको जागीरबाट अवकाश पाएका यी क्षेत्र बहादुर भण्डारी बिगत एक दशक देखि काठमाडौंको टेकूमा अबस्थित अम्बे कम्प्लेक्सको भर्‍याँङमुनि बस्दै आएका छन्।

आदरणीय दर्शक महानुभाव! ऊनी कसरी यो अबस्थामा आईपुगे भन्ने विषयमा तपाईंलाई कौतुहलता लाग्न सक्छ,यस्तो छ ऊनी करोडबाट रोडमा झर्नुपरेको अति नै कहाली लाग्दो र सत्य घटना। यो भिडियोमा हेर्नुहोस् ऊनी के भन्छन् त????