स्कटल्याण्डको डमफरलैण्ड फाईफमा लोक गायक रमेसराज भट्रराई र गायिका चन्द्रा कार्कि तथा नौमती बाजाको भव्य धमाका।

बिजय डंगोल – स्कटल्याण्ड एडिनबर्ग

स्कटल्याण्डको डमफरलैण्ड फाईफमा लोक गायक रमेसराज भट्रराई र गायिका चन्द्रा कार्कि तथा नौमती बाजाको भव्य धमाका।
फाईफ नेपाली कम्युनिटीले यही १४ मे सोमबारका साँझ भएका भेट घाट तथा नयाँ बर्ष को शुभकामन आदानप्रदान तथा लोक दोहोरी र नौमती बाजा को साथ निसुल्क रात्री भोज भव्य रुपमा मनाएको छ। उक्त कार्यक्रमा नेपाल देखी आउनुभएका कलाकार दोय रमेसराज भट्रराई तथा चन्द्र कार्की को साथमा नेपाली नौमतीबाजा र स्थानीय कलाकारहरू द्वारा कार्यक्रम भव्य रुपमा मनाएको छ। फाईफस्थित कान्जाई कन्फेन्स सेन्टर हलमा आयोजित कार्यक्रममा स्थानीय, नेपाली तथा अन्य समुदायका आगन्तुकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र वर्तमान परिवेशमा स्थानीय कम्युनिटीसंग सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा यस सस्थाका आयोजक बताउँछन्

एस कर्यक्रम को सम्योजक कृष्ण थापा, ज्ञानु केसी र कृष्ण अर्यालले गर्नुभएको थियो भने संस्थाका सम्पूर्ण पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको थियो। उक्त कार्यक्रममा स्कटल्याण्डका विभिन्न शहर देखि नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
कर्यक्रमको पहिलो चरन आयोजक द्वारा अतिथि तथा आगन्तुक हरु लाई स्वागत सम्मान संस्थाका अध्यक्ष द्वारा गर्नुभएको थियो। ढिलै भएपनि नयाँ वर्षको शुभकामना दिने सिलसिलामा बर्तमान अध्यक्ष तथा प्रमुख अतिथी लोक गायक रमेशराज भट्रराई र गायिका चन्द्रा कार्कि तथा नौमती बाजाद्वारा सस्थाको प्रसँसा, प्रगतिका साथै सुमधुर सम्बन्ध अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो। सँस्कृति कार्यक्रममा नेपाली कला र सस्कृती सहित नृत्य तथा लोक गायक रमेशराज भट्रराई र गयिका चन्द्रा कार्कि तथा नौमती बाजाको बेजोड प्रस्तुतिले २५० भन्दा बढिले भरिएको जनमानस खुसिले उर्लेका थिए अनि स्कटल्याण्डका स्थानिय बाल कलाकाहरु प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो साथै डीजेका डीजेनाइटले कार्यक्रम अझ रोमान्चक बनाएको थियो।

आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी द्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने नेपाल खानाको प्रसँसा र खाना उपलब्ध गराउने रेस्टुरेन्टलाई धन्यवाद दिएका थिए।
यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो परम्परागत लोक दोहोरी तथा नौमति बाजा जस्ता संस्कृतिलाई नेपालमा जस्तै मनाउने कार्य भएकोमा र नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ।