मुटु दह्रो पारेर हेर्नुहोला, सर्पसंगै खेल्ने नेपाली युवती,जसको घरमा सर्पै–सर्प छन् (भिडियो)

घरमा बिषालु सर्पहरु छन् । बाबु, आमा छर–छिमेक डराउँछन् त्यो कोठामा जान तर एक युवती सबु पाण्डे जान्छिन् । सर्पलाई समाउँछिन् । मुसा, भ्याकुता दिन्छिन्, समाएर नुहाईदिन्छिन पनि ।
स्नेक म्यानको रुपमा चिनीएका पाल्पा अर्गेलीका सागर पाण्डे पछिल्लो समय सर्पको खेती गरेर बसेका छन् । बिभिन्न ठाउँमा हुने मेला महोत्सवमा सर्प प्रर्दशन गरेर उनी चर्चामा आए । यति मात्र होईन उनको घरमा बिषालु सर्प समेत छन् । घरमा आउने पाहुना समेत उनको घरमा सुत्न डराउँछन् । भाईकै काम देखेर उनकी दिदी सबु पाण्डेले समेत सर्पसंग नजिक हुन थालिन् ।
सबुलाई समाउन र सर्प खेलाउन डर लाउदैन तर भाई सागरले जस्तो मुखभित्र हाल्न भने डराउँछिन् । घरमा पालेका सबै सर्पको स्याहार सुसार भाई सागर भएको बेला आफैले गर्छिन् । हामी उनको घर पाल्पाको अर्गेर्ली पुग्दा पनि उनले सर्पसंग खेल्ने रमाउने गरिन् । हेरौं यो भिडियो ।