लोक गायिका ज्योती मगरको अहिले सम्मकै महान कार्य : हेर्ने पर्ने भिडियो सहित !

युके,
हट तथा सेक्सी गायिकाको रुपमा चिनिने गायिका तथा मोडल ज्योति मगर आज भोलि गुन्यो चोली र साडीमा देखिएकी छन् । लोक गायिका ज्योति मगर लोक गायन क्षेत्रमा धेरैले चिन्ने नाम हो । कतिपयले उनलाई गायनले भन्दा अंग प्रदर्शनले बढी चिनाउन खोजेको भनेर आरोप पनि लगाउँछन् । कतिपय कार्यक्रममा उनले लगाएका पहिरन र प्रस्तुती साह्रै उत्ताउलो भएको भन्ने टिप्पणी समेत भए । नेपाल टेलिभिजनमा उनको अन्तरवार्ता नै रोकियो । तर अहिले आएर उनले पहिलो चोटी यस्तो सामाजिक सेवा गरेकी छन् जो सुन्दा र हेर्दा खेरि तपाई आज अचम्म पर्नु हुने छ । आफ्नो जन्म दिनको अबसर पारि जन्म दिन मनाउन ज्योति पुगिन “एकीकृत सृजनशिल समाज नेपाल” घरमा र उनले बेसहारा बनेका ३७ जना अनाथ बालबालिकाहरुको लागी सहयोग गरेकी छन् । के कस्तो सहयोग गरिन ज्योतिले पुरा जानकारी सहित हेर्नुहोस बाकी भिडियोमा :

को हुन् जुनु पुन मगर र उनको सामाजिक कार्य :
बाग्लुङ जिल्लाको सुखौरा भन्ने ठाउँमा जन्मेकी जुनु पुन मगर समाजमा रहेर केही गर्नु पर्छ भन्ने सोच राख्ने समाजसेवी सक्रिय अभियन्ता हुन्।
अहिले उनी “एकीकृत सृजनशिल समाज नेपाल” को आमा भएर भुकम्प, द्वन्द्वकाल र अन्य घटनाबाट आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ३७ जना अनाथ बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि दिनरात संघर्ष गरिरहेकी छिन ।

केहि दिन अगाडी उनको सामाजिक संजालमा राखिएको स्टाटस र लाइव भिडियो अनुसार उनि फेरी अहिले एउटा क्यान्सर पिडित रोगीको सहयोग र पिडित परिवारको बिचल्ली भय पछी उनले पिडित परिवारका छोरा र छोरीलाइ आफ्नो संस्था भित्रै राखी उनि हरुको पढाई लेखाइ को जिम्मेवारी लिने कदम पनि चालेकी छन् ।
ब्रेनटिमुर बाट क्यान्सर रोगी खोटाङ कात्तीके डाडाको बिरामी रामदास बान्तावा राई अहिले जोरपाटी अत्तरखेलमा आफन्तको आस्राय लिएर बस्दै आएको र छोराछोरी र श्रीमतिको बिचल्ली भए पछी जुनुका सहयोगी हात हरु त्यहा पुगेका हुन्।

बिरामी राई की छोरी रितु राइ जुनु पुन मगर संग भन्छिन : अन्टि ? मेरो बाबाको माया लाग्छ, औसधि किन्ने पैसा छैन मलाई अरु जस्तै स्कुल जान मन लाग्छ होस्टेल बस्न मन लाग्छ, पैसा नै छैन साथीहरूले पानीपुरी खान्छन् मलाईनि खान मन लाग्छ, पैसा नै छैन, अन्टि तपाईं संगै बस्छु स्कुल जान्छु है !!

समाज सेवी जुनु पुन मगर भन्नु हुन्छ यिनहरुको सपनाहरू हामीले पुरा गर्नुछ उज्यालो शिक्षा दिनु छ, मृत्यु संगै जुद्दै रामदास राई बान्तावा काखको ८ बर्षको छोरो इट्टा बोक्छु र बाबालाई औसधि किन्छु भन्दा म धेरै रोएको थिए, दुई महिना भयो औसधि नखाएको यस्तो पिडामा दिनकाट्दै हुनुहुन्छ रामदास राई बान्तावा घर खोटाङ कात्तिकेडाडाको हुनुहुन्छ उहाँको छोराछोरीहरुलाइ एकीकृत शिर्जनसिल समाजमा ल्याइपुर्याएको छौ उहाँ लाई सबैले सहयोग गरौ है ।