टेरिया फौजा मगर जस्तै भाईरल बनिरहेका अशोक दर्जीको पहिलो गीत सार्वजनिक भयो भिडियो सहित

राम कुमार श्रेष्ठ,

नेपाली सांगितिक क्षेत्रको नयाँ रामकृष्ण ढकालको रुपमा पनि लिइने गरिएको अशोक दर्जीले हालै आफ्नो पहिलो ‘मन बिनाको धन ठुलो कि धन बिना को मन‘ बोलको गीत रेकर्डिङ गराएका छन् नेपाली ड्रेसमा नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग र यस्लाई जीवनको सबैभन्दा ठुलो कामको रुपमा लिनुहुन्छ बुढाथोकी । बाल गायक अशोक दर्जीको स्वरमा सजिएको गीत ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ हिजो मात्रै सार्वजनिक भएको छ र एक्कै दिनमा यस्लाई झन्डै आधा मिलियनले हेरिसकेका छन । अशोकको पहिचान चिनाउने काम मात्रै नभएर जीवनशैली नै फेर्ने काममा मूलत: गायक तथा सङ्गीतकार टंक बुढाथोकी र डिजे रुपक लागि पर्नु भएको छ जुन नेपाली सांगितिक क्षेत्रको लागि ठूलो उपलब्धी हुन सक्छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् झापा दमकका अशोक दर्जी । दर्जीले बाटो, होटलमा दिनभर गीत गाउँदै नाजुक अवस्थामा हिडिरहेको डिजे रुपक सापकोटाले भेटेपछि त्यस्तो अवस्थाभित्र देखिएको कलाकारितालाई फेसबुक मार्फत सार्वजनिक गरेपछि बिस्तारै सामाजिक सन्जालमा भाईरल बन्न पुगे लुकेको बाल कलाकार दर्जी । र आज रुपक सापकोटा अशोकको रुपक दादा मात्रै नभएर धेरैले कर्म दिने बुवाको रुपमा पनि लिने गर्छन् ।

हालै मात्रै दर्जीले आफ्नो पहिलो ‘मन बिनाको धन ठुलो कि धन बिना को मन‘ बोलको गीत रेकर्डिङ गराएका छन् नेपाली ड्रेसमा नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग र यस्लाई जीवनको सबैभन्दा ठुलो कामको रुपमा लिनुहुन्छ बुढाथोकी । काठमाडौं पुतलीसडकस्थित स्टुडियोमा रेकर्डिङ्ग गराएका बाल गायक अशोक दर्जीको स्वरमा सजिएको गीत ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ हिजो मात्रै सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक गीतमा बिराज नेपालको शब्द, टंक बुढाथोकीको संगीत रहेको छ र एक्कै दिनमा यस्लाई झन्डै आधा मिलियनले हेरिसकेका छन ।

दर्जी अहिले युट्युबमा भाइरल नै बनेका छन् । काठमाडौँ आएर एउटा गीत रेकर्ड गर्ने बित्तिकै उनी दर्जन भन्दा बढी युट्युब ट्रेन्डिङमा आउने गर्छन् । दर्जीले गीत रेकर्ड गर्दाको भिडियो र उनका अन्तर्वार्ता १३ वटा युट्युबको ट्रेडिङमा आएको थियो ।

निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेरमै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन् । आफ्नो पहिलो गीत रेकर्डिङ गर्ने वितिक्कै उनी आफ्नो घर फर्के र विद्यालय जान थालेका छन । पढ्न रूचि देखाएका दर्जी आर्थिक अवस्था कम्जोर भएकै कारण पढ्न नपाएका हुन् तर उर्लाबारी स्थित बेथेल एडुकेशन एकेडेमीमा १० कक्षासम्म निःशुल्क पढाउने भएपछि उनी स्कुल जान थालेका हुन् । केही दिन अघिमात्रै गायक तथा सङ्गीतकार टंक बुढाथोकी र डिजे रुपक पनि दर्जीको स्कुल बेथेलमा पुगे । स्कुल पुग्दा दर्जी स्कुलको ड्रेस लगाएर अरु विद्यार्थीसँग बसी पढिरहेको देख्दा बुढाथोकी र डिजे रुपक खुसी भए ।

दर्जीलाई अगाडि बढाउन धेरै चर्चित ब्यक्तिहरु लागि परेका छन र पनि मूलत: गायक तथा सङ्गीतकार टंक बुढाथोकी र डिजे रुपक दर्जीलाई उन्को निर्दोष बाल चन्चलतालाई धैर्यताका साथ बिस्तारै एउटा बिशाल उद्धेस्य प्राप्तीका खातिर रुपान्तरण गर्न दत्तचित्तका साथ लागि परिराख्नु भएको छ र तदनुरुपको सफलता पनि हासिल परिरहेको छ । अशोकको पहिचान चिनाउने काम मात्रै नभएर जीवनशैली नै फेर्ने काममा उहाँहरु लागि पर्नु भएको छ जुन नेपाली सांगितिक क्षेत्रको लागि ठूलो उपलब्धी हुन सक्छ ।

अशोकको घरको अत्यन्तै दयनीय अवस्थाको कारण जग्ग किनेर घर बनाइदिने काम अगाडि बढिरहेको छ । अशोकलाई नेपाली सांगितिक क्षेत्रको नयाँ रामकृष्ण ढकालको रुपमा पनि लिने गरिन्छ ।

१२ बर्षीय अशोक जसरी अहिले चर्चित बनिरहे देख्दाको ११ बर्षमा नै यसरी नै चर्चित बनेकी टेरियाको संझना आइरहेको छ जस्लाई डिआइडि लिटिल मास्टर्समा बिजयी बनाउन लागिपरेको ठुलो जन लहरमा मैले पनि ठुलो भूमिका निर्बाह गरेको थिएँ र अन्तिम अवस्थासम्म पनि नेपाली संचार जगतको मौनता देखेपछि तात्कालिन नेकपा माओबादीका उपाध्यक्ष एबं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई टेरियाको सम्बन्धमा एउटा स्टाटस लेखिदिन बिशेष आग्रह गरेको केही घण्टामा नै उहाँले आफ्नो फेसबुकमा स्टाटस लेख्नु भएपछि मूलधार लगायतका केही पत्रिकाहरुले लेख्न थाले । उपाधी जितेर नेपाल आउने बित्तिक्कै अस्ट्रेलियाबाट नै संयोजनकारी भूमिका निर्बाह गरी तात्कालिन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको हातबाट टेरियालाई अभियानको “लुम्बिनी वालिका शान्ति दूत” उपाधीद्धारा सम्मानित गराउने ब्यबस्था मिलाएँ ।