बुद्ध जयन्ती को अवसरमा बर्मा म्यांमारबाट पाल्नु भएका चर्चित श्रदेय भिक्षु प्रज्ञाश्री भन्ते ज्युको मुखराबिन्दुबाट स्कटल्याण्ड एडन्वराको हिन्दु मन्दिरमा धर्म देशना।।

इडन्वरा, स्कटल्याण्ड – बिजय डंगोल

यहि मे ४ गते शुक्रबार, नेपाल स्कटल्याण्ड एसोसिएसन इडन्वरा द्वारा इडन्वरा, हिन्दू मन्दिरमा नेपाली समाज द्वारा आयोजित पहिलो बुद्ध जयन्तीको अवसरमा बर्मा म्यांमारबाट पाल्नु भएका श्रदेय भिक्षु प्रज्ञाश्री भन्ते ज्यु बाट धर्म देशना सहित भगवान बुद्धको जन्मस्थान नेपालको बर्णन र भगवान बुद्धले दिनु भएको शिक्षा वाचन दिई सम्पूर्ण भक्तालु महानुभावहरूमा शान्ति भाव प्रजोलित गर्नुभएको थियो।
उक्त आयोजनामा नेपाल स्कटल्याण्ड एसोसिएसनका उपाध्यक्ष गोविन्द कंडेल तथा नेपाल स्कटल्याण्ड स्पोर्ट्स क्लबका अध्यक्ष धन केसी द्वारा स्वागत गर्नुभएको थियो साथै यस कार्यक्रमको आयोजना मा विशेष सहयोग गर्नुहुने प्रवेश के सी, सरला राना मगर र सम्पूर्ण टिम तथा अन्य नेपाली संघ संस्थाहरुको सहयोग र समर्थनमा उक्त कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ ।

अझै पनि बुद्धको जन्म स्थान नेपाल हो भन्ने विषयमा संसारका कतिपय देशहरुमा भ्रम रहेको हुँदा बुद्ध जयन्तीको अवसर पारेर बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको जानकारी संसारलाई गराउन यो कार्यक्रम मार्फत गर्न लागिएको नेपाल स्कटल्याण्ड एसोसिएसनका महासचिव बिजय डंगोलले बताए।
यस कार्यक्रममा उपस्थित सम्पूर्ण भक्ताजन महानुभावहरूको उपस्थिति उल्लेखनीय रुपमा रहेको थियो र यस धार्मिक कार्यक्रममा उपस्थित जनाएर कार्यक्रम सफलताका साथ सम्पन्न गराउन सहयोग प्रदान गर्नुभएका यहॉहरू सम्पूर्ण भक्तजनहरू प्रति हार्दिक आभार प्रकट गर्दछौ।
भवतु सब्ब मंगलम !!!
धन्यवाद!

श्रदेय भिक्षु प्रज्ञाश्री भन्ते ज्युको मुखराबिन्दुबाट स्कटल्याण्ड एडन्वराको हिन्दु मन्दिरमा धर्म देशना हेर्न तलको दिइएको लिंकमा जानुहोस।