सधै हसाउने मनोजले पहिलो पटक रुवाए, उनको अतित सुनेर कार्यक्रममा रुवाबासी (भिडियो)

पोखराको वडा नं. ५ मा ७० बर्ष काटेका करिब २०० भन्दा बढी जेष्ठ नागरिकहरु थिए । हास्यकलाकार मनोज गजुरेल आउने खबरले सबै उत्साही थिए । निर्धारीत समय भन्दा करिब आधा घण्टापछि मनोज गजुरेल आए । सबै आमाबुबाहरुले अब हाँस्न पाईने भने भनेर सोचे तर मनोजले उल्टै रुवाए । सधै अरुलाई हसाउने मनोजले ७० बर्षका जेष्ठ नागरिकहरु लाई आफ्नै अतित्का पीडा सम्झाएर रुवाए । सानोमा बाबु बितेपछि आमाले दुःख गरेर हुर्काएको र पढ्न जाँदा चार माना चामल तामाङलाई बेचेर खाजा खाने खर्च जुटाएको पीडा सुनाउँदा सबैका आखाबाट आँशु आएको थियो । उनले आफ्नो पत्नीसंग डिभोर्सको प्रसंग ल्याउँदै त्यस्तो पीडामा पनि आफूले सहेर बसको बताए । उनले स्वर्ग र नर्कको कथा सुनाएर जेष्ठ नागरिकहरुलाई मनोरंजन समेत प्रदान गरे ।