अशोक दर्जिलाई टक्कर दिने सात बर्षिय बालक भेटिए पोखरामा , मादल बजाउन यीनलाई सबैले सक्दैन (भिडियो)

युनिष गायक पोखरा बाटुलेचौरमा बस्छन् । सात बर्षीय बालकको मादल बजाउने कला देखेर पोखराका सबै छक्क परेका छन् । सानो उमेरमै यस्तो मादल बजाएर सबैको मन जितेका युनिषलाई गायक तथा संगीतकार धनबहादुर गायकले सिकाएका हुन् । झलकमान गन्धर्व सारंगी पाठशालामा युनिषले संगीत तथा नृत्य सिकिरहेका छन् । झलकमान गन्धर्व जन्मिएको गाउँमा सारंगीको संरक्षण गर्नुपर्छ भनेर धनबहादुर बर्षैदेखी खटिदै आएका छन् । युनिष जस्ता दर्जनौं बालबालीकालाई मादल, सारंगी र नृत्य सिकाईरहेका धनबहादुरले युनिषले अब छिटै सारंगी सिक्ने बताए । हेरौं यो सात बर्षिय बालकको यस्तो राम्रो कला ।