पाल्पाका एक युवकले घरमै सर्प पालेर हैरानी बनाए, सर्पसंगै खाने सुत्ने गरेका सागरका बाबुआमा पहिलो पटक मिडियामा

तपाई हामी सबैले गाई भैसी बाख्रा पालेर लखपती भएका देखेका, सुनेका छौं । पाल्दा खासै समस्या नहुने जनावरहरु पाल्छौं तर नेपालकै पाल्पा जिल्लाका एक युवकले घरमा सर्प पारेर हैरानी बनाएका छन् । पाल्पाको अर्गेली गाउँका सागर पाण्डेले घरमा सर्प पाल्न थालेको ५ बर्ष भयो । सर्प समात्ने देखी बिषालु सर्पलाई मुखभित्र सम्म हाल्ने उनको यो कला पछिल्लो समय मेला महोत्सवको आर्कषण पनि बनेको छ । सुरु सुरुमा उनका परिवारले यसो नगर्न सागरलाई दवाव दिए । जति पारिवारीक दबाब भएपनि सागरले आफ्नो काम छाडेनन् । उल्टो जंगलमा गएर सर्प खोजेर समातेर घरमा ल्याउन थाले । उनको घरमा जाने पाहुना समेत उनकोमा सुत्न र बस्न डराउँछन् । उनै सर्पसंग खाने बस्ने सुत्ने गरेका सागर पाण्डेका आमाबुबा पहिलो पटक मिडियामा छोराले गरेको काम ठिक छैन, पेसा परिवर्तन गर्न पर्ने कुरा बताएका छन् । हेरौं उनै स्नेक म्यान सागर पाण्डेको घरमै पुगेर उनका बाबुआमासंग गरिएको कुराकानी ।