हाम्रो देश नेपाल दोश्रो खन्चुवा देश रे ? यसरी खुल्यो रहस्य (भिडियो सहित)

धार्मिक बिश्वास अनुसार भगवान शिव् द्वारा अनुसरण् गरिएको पद्धति| योग शब्दको सामान्य अर्थ सम्बन्ध हो । तर महषिर् पतञ्जलीको सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महषिर् पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगलेचित्तवृत्तिको निरोध गर्दछ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो ।

हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग ।

केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । एक विद्वान्काअनुसार योगको वास्तविक अर्थ हो, जोड्नु, मिल्नु वा एकाकार हुनु, यहाँ पुनः अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्थानै योग हो भनेका छन् ।

श्री मदभगवत्गीतामा मुख्य तीन प्रकारका योगलाई मानिसको जीवनमा उतारिएको पाइन्छ ।

कर्मयोग,
ज्ञानयोग र
भक्तियोग

यसरी गीताले कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । यसरी गीताले शिक्षाद्वारा आफ्नो सम्पूर्ण जनतामा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनु भनिएको पाइन्छ ।यसरी नै भक्तियोगको विषयमा गीता भन्दछ कि यदि कोही व्यक्ति भगवान्को सान्निध्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तःकरणमा निरन्तर भगवानको चिन्तन गर्छन् उही योगी परमसिद्ध भनिन्छन् ।
पतांजलि का अनुसार् ‘अष्टांग योग”(“आठ-अंगित योग” वा आठ अङ्ग) देहाय बमोजिम छन|

१.यमा (पांच “परिहार”): अहिंसा, सत्य बोली(झूठ नबोल्नु),गैर लोभ, गैर विषयासक्ति, र् गैर स्वामिगत
२.नियमा (पांच “धार्मिक क्रिया”): पवित्रता, सन्तुष्टि, तपस्या, अध्ययन, र भगवानको आत्मसमर्पण
३.आसन : अर्थ “बस्ने आसन”, र पतांजलि सूत्रमा ध्यानको मतलब स्थिर स्थिति.

४.प्राणायामा (“सांसको स्थगित गर्नु”): प्राणा ,सांस, “अयामा “,को नियन्त्रित गर्नु . साथ नैं जीवन शक्तिको नियन्त्रण करने की व्याख्या गरियो है।

५.प्रत्यहारा (“अमूर्त”):वाहृय वस्तु द्वारा भावना अङ्गको प्रत्याहार.
६.धारणा (“एकाग्रता”): एक चित्त

७.ध्याना:गहन चिंतन.
८.समाधि(“विमुक्ति”):ध्यान कोवस्तुको चैतन्यको साथ विलय
योग आसन
योगको ८४ आसन भगवान शिव् वाट संसारीक जीवलाई प्राप्त भयेको विश्वास गरिएको छ ।

टेक्स्ट साभार – नेपाली विकिपिडियाबाट

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.