सडक बिस्तारका लागी बुटवलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरी धमाधम घर भत्काउदै।भिडियो सहित !!

स्कटनेपाल , सुदिप गौतम/ बुटवल

सडक बिस्तार को लागि अहिले बुटवल मा बाटो मिचेर बनाईएका घर हरु धमाधम डोजर प्रयोग गरि हटाईरहेका छ्न।

बुटवल बैलैया सडक ८ लेनको बनाउनका लागि बुटवल को राजमार्ग चौराह देखी चिडिया खोला सम्मको बाटो मिचेर बनाईएको सम्रचनाहरु बाक्लो सुरक्षकर्मि को उपस्थितिमा धमाधम भत्काउने काम तिब्र पारिएको छ। पहिला पनि भत्काउने काम गरेपनी घरधनीहरुले एकहप्ता को समय मागेका थिए।त्यो एकहप्ता को समय हिज सकिएकाले आज बिहान ११ देखि बिस्तारको कामलाई निरंतरता दिईएको छ।

सडक बिस्तार रोक्न अदालत राजनीतिक दल लगायत का निकायलाई हारगुहार गरेर रोकिएको थियो। अहिले कतिपय घर धनिले आफै हटाउन थालेका छ्न भने अटेरी गर्नेको मा डोजर परिचालन गरिएको छ।

हेरौ सोहि सहकर्मी सुदिप गौतमले खिचेको भिडियो।