एेना तिमी कुनै पल प्यारो थियौ अब त दुश्मन भैदियौ???

सिमा बस्नेत,

नारी बर्गको घनिष्ठ सम्बन्ध एेनासङ हुन्छ । एेना नारी बर्गको लागि अति महत्त्वपूर्ण मानिन्छ। तेसैले त नारी बर्गलाई सुन्दरता को खानी मानिन्छ।तेस्तै गरि एेना केही बर्ष अघि म तिमिलाई कति पटक हेर्थे त्यो तिमिलाई मात्र थाहा छ। तिम्रो र मेरो सम्बन्ध कति घनिष्ठ थियो सधै घनिष्ठ भैदियको भय कति राम्रो हुन्थ्यो ! तर त्यो घनिष्ठ सम्बन्ध धेरै समय सम्म कहाँ टिक्न सक्यो र? तिमिले सोचेउ होला सिमा म बाट किन यति धेरै टाढा गै तर म तिमिबाट कहाँ टाढियकी हु र? म त सधै तिम्रै वरिपरि हुन्छु तर तिमिले मलाई देक्दैनौ केवल आभास मात्र गर्न सक्छौ। जब प्रकृतिले उपहार स्वरुप दिएको सुन्दरता गुमाए तब म तिम्रो छेउमा आउन डराए । जब म तिम्रो छेउमा जान्छु चारै तिर अध्यारो प्रतिबिम्ब देक्छु । जब तिम्रो छेउमा आउछु म आफुलाई सम्हाल्न सक्दिन एेना तिमि बाट यति टाढा जान्छु भन्ने कुरा मैले कल्पना पनि गरेकी थिइन । तिमिलाई थाहा छ एेना मेरो फेसमा स- साना बि- बिरर्का आउदा म कति डराउने गर्थे, म कति तिमिलाई बारम्बार हेर्ने गर्थे। म कति दुखी हुन्थे । तर त्यो दुखको पलमा तिमिले मेरो सहायता गर्थेउ मेरो दुखको घाउमा मलम भर्ने काम गर्थेउ तर आज त मलम भरेर मेरो दुखेको घाउ कहाँ निको हुन्छ र? न मैले नै मेरो पीडा कम गर्न सक्छु न त तिमिले चाहेर नै । अब त तिमी सङ नजर जुधाउन पनि धेरै गारो छ मलाई ।तिमि त सबैको प्यारो छौ , सबैको मनमुमा बसेका छौ तिम्रो तस्बिर हरेक मानिसको घर- घरको भितामा अडेको छ तर मेरो न मनमा छौ न त घरको भितामा तिम्रो लागि कुनै ठाउँ नै राक्न सकिन मैले ।यसरी म तिमी बाट टाढा हुनु पर्दा धेरै दुख लाग्छ एेना तर यो जुनिमा तिमिलाई हेर्ने मौका पाइन अर्को जुनिमा अवस्य हेर्नेछु।