नवगायक किशन रेग्मीले अमेरीकाबाट कान्छी हे कान्छी बोलको गीत वल्र्डवाइड प्रिमियर गरे (भिडियो)

स्कटनेपाल युके,
नयाँ बर्ष २०७५ को रौनक सेलाउन नपाउँदै संगीतप्रेमीहरुका लागि नवगायक किशन रेग्मीले अमेरीकाबाट कान्छी हे कान्छी बोलको गीत वल्र्डवाइड प्रिमियर गरेका छन् । अप्रिल २० तारिख अर्थात बैशाख ७ गते युएसखवरको आधिकारिक युट्युव च्यानल यु एस मिडिया नेटवर्कमार्फत कान्छी हे कान्छी गीत रिलिज गरिएको हो । पहिलो गीतबाटै चर्चासंगै प्रशंसकहरुको माया पाइरहेका गायक किशन रेग्मीलाई उक्त गीतमा गायिका श्रुती योगीले साथ दिएकी छिन ।

गायक रेग्मी अमेरीकाको टेक्सास बस्दै आएपनि उनले यो गीत स्थानीय स्टुडियोमा रेकर्ड गराएर ड्वेट भर्सनका लागि नेपाल पठाएका हुन् । सोही गीतका ब्यानर तथा अडियो केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । समय सान्र्दभिक उक्त गीतको भिडियो उद्धव सिलवाल प्रोडक्सन र युएस मिडिया नेटवर्कको सहकार्यमा तयार पारिएको हो ।

आम दर्शकलाई मध्यनजर गर्दै युवापूस्ताका प्रेम र रोमान्सलाई श्रब्यदृष्य भिडियोमा समेटिएको छ । । गीतका शब्द प्रल्हाद रिजालले लिपिवद्ध गरेका हुन भने एसडी योगीले कर्णप्रिय संगीत भरेका छन् । कान्छी हे कान्छीलाई निर्देशक प्रकाश धितालले कलात्मक रुपले भिडियोमा उतारेका छन । मोडल शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको संयोजनले गीत अझ उत्कृष्ट बनेको छ । ललितपुरको गोदावरी रिसोर्टमा छायांकन गरिएको उक्त गीतलाई उत्सव दाहालले खिचेका हुन भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । अमेरीकाका उद्धव सिलवाल निर्माता रहेको उक्त गीतको भिडियो अप्रिल २० शुक्रवार अमेरीका लगायत बिश्वभर एकसाथ रिलिज गरिएको हो । गीतले युवापुस्ता र अहिलेको माया प्रेमलाई मिठास ढंगले प्रस्तुत गरेको निर्माता उद्धव सिलवालले उल्लेख गरेका छन् ।