यस्तो अवस्थामा पक्राउ परे दिपक मनाङ्गे, अब के हुन्छ उनको सांसदपद ? (भिडियो)

दीपक मनाङ्गे स्वयम्भूको तीनधाराबाट पक्राउ परेका छन् ।प्रदेश चारको सांसदसमेत रहेका दीपक मनाङ्गे स्वयम्भूमा रहेको एउटा घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
मनाङ ‘ख’ बाट निर्वा्चित प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो । पुनरावेदनको फैसलालाई गएको माघमा सर्वोच्च अदालतले सदर गरेको थियो । सर्वाेच्चको फैसलापछि मनाङ्गे फरार रहेका थिए । मनाङ्गेलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ ।