इतिहास रच्ने एउटा अर्को उत्कृष्ट मौलिक दोहोरी गीत “माकुरी”आयो बजारमा

काठमाडौँ ।
नेपालि लोक गित संगीतको दुनियामा फेरी अर्को लोकदोहोरी गित आजैबाट “माकुरी” सार्वजनिक गरिएको छ । कुमार पुन र जमुना रानाको दमदार स्वर रहेको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ । रमेश बिजीको शब्द शृजनामा रहेको गीतमा संगीत संयोजन खेम सेञ्चुरीले गरेका छन् ।

स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा रमेश बिजी र जमुना रानाको निकै नै कलात्मक अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायांकन तथा सुजन शाहीले सम्पादन गरेको भिडियोलाई गुरुआमा फिल्मस् प्रालिले बजार ब्यबस्थापन गरेको हो ।