पत्रकारको कारण नेपाल टेलिकमकै इतिहासमा पहिलो पटक यस्तो घटना, बाध्य भएर टेलिकमले क्षतिपुर्ति तिर्यो (भिडियो सहित)

सरकारी निकायबाट पाउनुपर्ने सेवा समयमा नपाएपछि ग्राहकले धेरै दुःख झेल्नुपर्छ । दैनिक गर्नु पर्ने अन्य काम समेत प्रभावित बनाउछ जसका कारण मानसिक समस्या समेत पर्छ । पैसाकै हिसाव गर्ने हो भने हजारौं घाटा लाउँछ । हामी सबैले भोग्ने र देख्ने गरेको यस प्रकारको समस्या अहिले पनि सरकारी निकायबाट देख्न सकिन्छ । कतिपयले यसको गुनासो सम्बन्धीत निकायमा गर्छन, कतिले वास्तै गदैनन् । गुनासो गरे पनि सुनुवाई कमै मात्राको हुन्छ । यस्तै समस्याबाट पोखराका पत्रकार अपिल त्रिपाठी परे । उनले नेपाल टेलिकमले पैसा लिएर पनि टेलिफोन समयमा जडान नगरेपछि परेको तनाव र समस्यालाई लिएर केहीदिन पहिले एक लाख क्षतिपुर्तिको माग गरेका थिए ।
नेपाल टेलिकम पोखराले सेवाप्रवाहमा ढिलाई गरेको, गुणस्तरीय सेवा प्रदान नगरेको भन्दै अपिल त्रिपाठीले गरेको उजुरीमाथी जिल्ला क्षतीपुर्ति समितिले फैसला गरेको छ । समितिले टेलिकम उपभोक्ताप्रति दायित्व बहन गर्न उदासिनता देखाएको ठहर्दै कार्यालयलाई क्षतीपुर्ति स्वरुप ५ हजार रुपैंया भराउने फैसला गरेको हो ।बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपभोक्ता मञ्च कास्कीले यसबारे जानकारी गरायो ।
मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले नेपाल टेलिकमको इतिहासमै पहिलोपटक यस्तो घटना घटेको जनाए । उपभोक्ता सचेतनाको लागि यसले ठुलो भुमिका खेल्ने उनको विश्वास थियो ।उक्त फैसला चित्त नबुझे ३५ दिनभित्र दुवै पक्ष उच्च न्यायलय जान सक्ने व्यवस्था छ ।
न्यायलय जाने वा नजाने भन्नेबारे निर्णय भने भैनसकेको उनले सुनाए ।