रबि लामिछानेको कार्यकम बन्द गराउन यस्तो गरिदै ! अमेरिका बाट भट्टराईले मुख खोले (भिडियो)

स्कटनेपाल युके,
संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली लगायत अहिले रबि लामिछाने पनि यस अभियानमा जोडिएका छन् । पछिल्लो समयमा उनले गरेका काम हरुलाइ मध्य नजर राख्दै उनि लाखौ नेपाली हरुका ढुक ढुकी बनेका छन । अमेरिकामा लामो बर्ष सम्म संग संगै बस्दै आउनु भएका महेश भट्टराईले पनि को हुन् रबि लामिछाने भन्ने सम्बन्धित तलको भिडियो मार्फत खुलसा गर्नु भएको छ ।

रबि लामिछानेको लोकप्रियता बढेसँगै उनी केहि विवादमा फसेका थिए । उनले अमेरिकाको पिआर लिइसकेका छन् । कुनै पनि बिदेशी नागरिकले नेपालमा बसेर काम गर्न अनुमती लिनुपर्छ । त्यो कुरा लामिछानेलाई पनि थाहा थियो । त्यसकारण उनले अध्यागमन विभागबाट वर्किङ भिसा लिए र उनले यो कुरा बारम्बार जनताको सामने राखेका पनि छन् ।

तर, वर्किङ भिसाको मापदण्डमा यस्तो कार्यक्रम चलाउन मिल्ने प्रावधान छैन । जसकारण केही व्यक्तिहरुले उनीविरुद्ध उजुरी गरेका छन् । उनलाई उजुरी गर्नेहरु रबि लामिछानेले आफ्नो पनि भन्डाफोर गर्ने डरले उनलाई अमेरीकी नागरिक भनी कार्यकम बन्द गराउने योजनामा छन् यतिबेला गृहले अनुसन्धान थालेको छ l स्रोतका अनुसार विभागका अधिकारीले उनलाई बोलाएर सोधपुछ गरेका थिए । हामीले यो जानकारी बिभिन्न अनलाइन मिडियाहरु बाट साभार गरेका हौ ।

हेरौ यो भिडियो रबि लामिछाने कस्ता थिय र के गर्थे अमेरिकाको बसाइमा :