राशिफल : वि.सं. २०७५ वैशाख ०५ गते बुधबार तदनुसार ई. सं. २०१८ अप्रिल १८ तारिख


भोलि वि.सं. २०७५ वैशाख ०५ गते बुधबार तदनुसार ई. सं. २०१८ अप्रिल १८ तारिख,

भोलिको चाडपर्व र उत्सव : त्रिपुष्कर योग बिहान ०३ बजे २९ मिनेटदेखि बिहान ०५ बजेर १७ मिनेटसम्म, परशुराम जयन्ती, अक्षय तृतीया, भक्तपुरमा भैरव भद्रकाली रथयात्रा, धर्मघटादि दान, त्रेता युगादि, लुबुमा महालक्ष्मी भैरव यात्रा,

भोलिको मूहुर्त : अग्निवास(होमादि),

वैशाख शुक्लपक्षको तृतीया तिथि, मध्यरात्रीपछि ०३:३० बजेसम्म, त्यसपछि चतुर्थी तिथि,

कृतिका नक्षत्र, मध्यरात्रीपछि ०२:२४ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र,

भोलिको चन्द्रमा मेष राशिमा, बिहान ०९:१३ बजेसम्म, त्यसपछि बृष राशिमा,

आयुष्मान् योग, साँझ ०७:०२ बजेसम्म, त्यसपछि सौभाग्य योग,

सुरुमा तैतिल करण दिउँसो ०४:२६ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०३:३१ बजेसम्म, अन्तिममा वणिज करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त : साँझ ०६:३० बजे

भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : दिउँसो १२:०४ देखि ०१:४१ सम्म

यमघण्ट : बिहान ०७:१५ देखि ०८:५१ सम्म

गुलिक काल : बिहान १०:२८ देखि १२:०४ सम्म

भोलिको वारवेला :–

लाभ वारवेला : बिहान ०५:३९ देखि ०७:१५ सम्म, साँझ ०४:५३ देखि ०७:५३ सम्म र मध्यरात्रीपछि ०४:१६ देखि ०५:३९ सम्म

उद्वेग वारवेला : दिउँसो ०१:४१ देखि ०३:१७ सम्म र बेलुका ०७:५३ देखि ०९:१७ सम्म

शुभ वारवेला : बिहान १०:२८ देखि १२:०४ सम्म र बेलुका ०९:१७ देखि १०:४१ सम्म

अमृत वारवेला : बिहान ०७:१५ देखि ०८:५१ सम्म र बेलुका १०:४१ देखि १२:०४ सम्म

चर वारवेला : दिउँसो ०३:१७ देखि ०४:५३ सम्म र मध्यरात्रीपछि १२:०४ देखि ०१:२८ सम्म

रोग वारवेला : दिउँसो १२:०४ देखि ०१:४१ सम्म र मध्यरात्रीपछि ०१:२८ देखि ०२:५१ सम्म

काल वारवेला : बिहान ०८:५१ देखि १०:२८ सम्म र मध्यरात्रीपछि ०२:५१ देखि ०४:१६ सम्म

भोलिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । दिउँसोबाट बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए झैं लागे पनि मिहिनेत गर्ने समय आएको छ । प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।
ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com