घुस लिएको भिडियो टिभीमा, लिने व्यक्ती चर्का चर्की गर्दै लाईभमा । घुसको पैसा यसरी बाढ्छ प्रहरी !

स्वम घुस लिने मानिस Live कार्यक्रममा आए र बारम्बार “च्यालेन्ज” भनिरहे। देश भरी आज हजारौं ठाउँमा घुस सेवन भए। त्यस मध्य एक जना हाम्रो क्यामरामा कैद भए र live कार्यक्रममा चर्का चर्की गरे। आजको कार्यक्रम:

केही दिन अघि एकै ठाउमा देशका ४ जना मन्त्रीज्युहरुलाई भेट्ने अवसर मिल्यो । नाम म लिन्न किन भने यो कुनै मन्त्री वा व्यक्तिसँग सम्बन्धित बिषय होइन प्रवृत्ती बारेको विषय हो । मैले चारैजना मन्त्री ज्युहरुको जुत्ता हेरे । चारैजना मन्त्रीज्युहको जुत्ता भर्खरै किनीएका थिएनन् न त जुत्ता सफा गर्नेले त्यस्तो ब्राण्ड न्यु देखिने गरी सफा गर्न सक्दछ । बसाइको पोजिसन अनुसार मन्त्रीज्युहरुका जुत्ताका तलुवा पनि सजिलै देखिन्थ्यो ।

यति सफा जुत्ताहरुले धेरै कुरा सोच्न बाध्य गरायो । राम्रा लुगा सफा जुत्ता पर्सनल हाइजिनमा पर्छन तर हाम्रो जस्तो देश जसका मन्त्रीहरु शासक भन्दा बढी सेवक हुनुपर्छ । त्यस्तो देशका मन्त्रीका जुत्ताले धुलोको एक कण नदेख्नु, हिलोमा एकपटक पनि नटेक्नुले निकै ठुलो संकेत गर्छ । गाडी, मन्त्रीक्वाटर, गाडी, कार्यालय बाहेक केही नदेखेका जुत्ताहरुले विलासीता देखायो र टिलीक्क टल्कदै भन्यो म त मन्त्री हुँ शासक हुँ सेवक होइन । गाउँ गाँउ सधै जानु नपर्ला तर काठमाडौँमै पनि नागरीक बनेर मन्त्रीहरुले हेर्न जरुरी छ ।

कंलकी थानकोटको बाटोमा १५ मिनेट पैदल नहिडी केही, केही थाहा हुन्न मन्त्री ज्यु । काटमाडौँ बाहिरका कुरा धेरै परका भए तर तपाई बस्ने काठमाडौँ भित्रकै कुरा गर्दैछु म । अफिस छुटेपछि एक दिन सुन्धार तिर माइक्रोबस वा टेम्पो कुरेर बस्नुस, नागरीकको पिडा केही थाहा हन्छ । न्युरोड, दरबार मार्ग तिर पार्कीङ खोजेर हेर्नुस कुन सास्ती बोकेर जनता दैनिक बाँचिरहेका छन् थाहा हुन्छ ।

संसारका विकसित देशका प्रधानमन्त्रीहरु पनि साइकल चडेर कार्यालय जान्छन्, तपाई त यो गरीब मुलुकको मन्त्री एक दिन कालीमाटी तिर तरकारी किन्न जानुस, एक दिन २ लिटर जति पानी पिएर शहरको कुनै सार्वजनिक शौचालयमा जानुस् तपाईको पुरानो पिनास निको हुन्छ ।

५० सिट क्षमता भएको सार्वजनीक यातायातमा १०० जना भन्दा बढी कोचिएका हुन्छन्, त्यो बसमा १ घण्टा चढिन् हेर्नुस् मन्त्री ज्यु, । अनि सवारी चालक लाइसेन्सका लागि पनि लाइनमा लाग्नुस, एक दिन मालपोत कार्यालय जानुस ।

पाइन्टको फस्नर नै बिग्रिने गरी मोटाएका केही हाकीम साहेबहरुको एक्ट्रा आम्दानीको श्रोत बुझ्नुस् । मन्त्री ज्यु तपाईको जुत्ता यति गर्दा पनि टिलीक्कै टल्कीए भने धुलो र हिलोका एउटा कण पनि देखिएन छ भने तपाइको पर्सनल हाइजीन र सफा बस्न सक्ने कलालाई सलाम गरौला । नत्र कागजका ढड्डाहरुमा मात्रै र २/४ जनाले देखाउने पावर प्वाइन्ट प्रेजेन्टेशनमा मात्र विकास र समृद्धी खोजिरहनु भएको छ भने तपाइहरु गलत दिशामा हुनु हुन्छ ।

शासकबाट सेवक बन्नुहोस मन्त्री ज्युहरु । यो राणाको शासन पनि होइन, राजाको शासन पनि होइन यसरी जुत्ता मात्र टल्केर हुँदैन, जनताको मर्का बुझ्नुस् र जनताको घर घर बस्ती बस्ती टोल टोल पुग्नुस् यसो गर्दा बर्षमा ४ जोर जुत्ता किन्नुु परेपनि पिर नगर्नुस । टल्कीनु पर्ने त जनताको भाग्य हो मन्त्री ज्यु तपाइको जुत्ता होइन ।-न्युज २४ बाट

प्रकाशित मिति : २०७५ बैशाख ५,बुधबार