केपी ओलीको भाषण सुनेर ढलेका वडाध्यक्षको मृत्यु, बास्तबिक घटना यस्तो थियो (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्दासुन्दै एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटनको क्रममा गरेको सम्बोधन सुन्दासुन्दै जुम्लाका एक जनप्रतिनिधिको मृत्यु भएको हो ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्ती कार्यक्रममै ढलेका थिए । प्रधानमन्त्रीले महोत्सव उद्घाटनको क्रममा सम्बोधन गरिरहँदा घर्ती ढलेका थिए । प्रत्यक्षदर्शी वीरबहादुर घर्तीका अनुसार प्रधानमन्त्रीको ब्याग्यत्मक भाषण सुनेर घर्ती सुरुमा हासेका थिए । उनले हासो रोक्न सकेका थिएनन् । हासो नियन्त्रण गरे तर लगत्तै उनी ढलेका थिए ।
नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष घर्तीलाई बेहोस अवस्थामै नजिकै रहेको स्वास्थ्य शिविरमा उपचारको लागि लगिएको थियो । शिविरमा रहेका स्वास्थ्यकर्मीहरुले मृत घोषणा गरेका थिए ।