नयाँ वर्षमा नयाँ बाटोको शुभसाईत, सागर लामाले निर्देशनमा डेब्यु गर्दै

काठमाडौं । कोरियो ग्राफरबाट चलचित्र निर्देशनमा हात हालेका सागर लामा (गोले) निर्देशन रहने चलचित्र छार ग्यालम् (नयाँ बाटो) को शुभ साईत गरिएको छ । नयाँ वर्षको अवसर पारेर आज उक्त चलचित्रको शुभसाईत स्वयम्भूमा गरिएको हो ।

कोशीपारी फिल्मस् प्रा.लि.को ब्यानरमा बन्न लागेको चलचित्र “छार ग्यालाम्”को निर्माण राहुल मोक्तान र दीपा वाईबाले गर्न लागेका हुन् भने उक्त चलचित्रमा कुमार मोक्तान, सुकुमाया मोक्तान, राहुल मोक्तान, संगीता दोङ, हस्त बहादुर गोले, दीपा वाईबा लगायतका कलाकारहरुले अभिनय गर्ने भएका छन् । काठमाडौं लगायत कुलेखानी तथा काभ्रेका विभिन्न स्थानहरुका रमणीय दृष्यहरु समेटिने चलचित्रको छायाँकन लक्ष्मण घिमिरे, द्वन्दमा राजु किराँत तथा नृत्य निर्देशन निर्देशक स्वयमले गर्ने भएका छन् । चलचित्र नयाँ बाटो हाललाई तामाङ भाषामा छायाँकन गरिने भएता पनि पछि नेपाली भाषामा समेत डबिङ गरी प्रदर्शनमा ल्याईने निर्देशक तामाङले जानकारी दिएका छन् ।