लन्डनमा आयोजकद्वारा भव्य स्वागत चर्चित नायिका, गायिका र मोडल हरुलाई (भिडियोसहित)

शिव भण्डारी
लन्डन- आगामी १३ अप्रिलमा साँझ अल्डरसटस्थित प्यालेसमा नयाँ वर्ष २०७५ को अवसरमा लन्डनबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई मनोरञ्जन प्रधान गर्न चर्चित गायिका प्रिती आले, नायिका छुल्थिम गुरुङ र मोडेल तथा डान्सर रश्मी तामाङ बिहीबार लन्डन आइपुगेका छन् ।

एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङऽ एनआरएनए यूके सल्लाकार हेम गुरुङ, समाजसेवी युवा ज्ञान गुरुङ र प्रकाश कँडेल एनआरएन यूकेका धार्मिक विभाग संयोजक होमनाथ पौडेलले उनिहरुलाई विमानस्थलमा भब्य स्वागत गरेका थिए ।

नेपालमा चर्चा कमाएका कलाकारहरु यसरी विभिन्न कार्यक्रमहरुमा विदेश जाने खासै नौलो त होइन, तर नयाँ वर्ष साझ २०७५ विशेष हुने कुरालाई कलाकारहरुले लण्डन नेपालसँगको कुराकानीका क्रममा दाबी गरेका छन् । गायिका, नायिका र मोडलको संयुक्त टोलीबाट जस्ले जे विधामा पनि प्रस्तुति दिन सक्ने र अहिले सम्मकै पृथक कार्यक्रम रहने दाबी कलाकारहरुको रहेको छ ।

नेपालबाट आएका ३ कलाकारहरुको साथमा थप ३ जना बेलायत मा नै रहेका स्थानीय मोडल तथा नृत्य कलाकार प्रतिष्ठा त्रिपाठी, स्नेहा गुरुङ र गायिका निकिता मगरको प्रस्तुति रहनेछ ।

अल्डरसटस्थित प्यालेसमा आयोजना हुने ‘नेप्लिज न्यू इयर नाइट २०७५ ’ धमाकाका लागि आयोजक अहिले तीब्र तयारीमा जुटेको एनआरएन युके युवा संयोजक लालबहादुर गुरुङले बताए ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण लण्डन नेपाल न्यूज डट कम ले गर्नेछ ।

पछिल्लो बर्ष रश्मी तामाङ संग स्कटनेपालले गरेको कुराकानी भिडियो पनि हेर्नुहोला !