कार्डबाट भविष्य हेर्ने पहिलो नेपाली चेली क्षमता ढकाल नेपाली कलाकार हरुको यसरी मन छुदै (भिडियो)

करिब एक दशक अगाडि बेलायत आएकी क्षेमता ढकालको जीवनले सोचेभन्दा छुट्टै मोड लिन पुग्यो । नरसिंग होममा काम गरिरहेकी क्षेमता ट्यारोट कार्ड, वास्तु रेकी र स्टोनको विषयमा दुई वर्ष अध्ययन गर्न पुगिन । नाम अनुसारको काम भने जस्तै उनको क्षमताले गर्दा अहिले मानिसहरुको भविष्यवाणी हेर्ने कार्यमा व्यस्त रहेकी छिन । ज्योतिष विद्याभन्दा फरक तथा आधुनिक विज्ञानसँग सम्बन्धित ट्यार्रो कार्डबाट मानिसको राशिमा के भैरहेको छ भन्ने अध्ययन गरिन्छ । ट्यारोट कार्डमा तासको आकारका विभिन्न रंगी बिरंगी ७८ वटा कार्डहरू हुने गर्दछन जसमध्ये प्रत्येक कार्डको ४-५ वटा अर्थ लाग्ने गर्दछ । जसको माध्यमबाट भविष्यवाणी हेर्नका लागि करिब आधा घन्टाको समय लाग्ने गर्दछ ।

१४औ शताब्दीदेखि इटालीबाट प्रारम्भ गरिएको ट्यारोट कार्डबाट भविष्यवाणी गर्नेमा नेपाल तथा बेलायतमा नै आफू पहिलो नेपाली भएको क्षेमताको दावी छ । मानिसको जीवनमा आइपर्ने विभिन्न समस्या समाधान देखि लिएर भविष्यवाणी गर्दै आएको क्षेमताले ट्यारो कार्डबाट ब्यापार व्यवसाय, प्रेम सम्बन्ध, पारिवारिक, आर्थिक लगायतका हरेक कुराको जानकारी दिने गर्दछं । आफूले गरको भविष्यवाणी ८० प्रतिशतसम्म मेल खाने उनको दावी छ । उनले मानसिक रोगलाई कम गर्ने उपाएहरू पनि दिने गर्दछिन । ट्यारोकार्डको अध्ययन पछि उनले विभिन्न १०८ प्रकारका स्टोनहरुको प्रयोग गर्नुपर्ने बताउछिन । हरेक विषयको लागि छुट्टाछुट्टै खालको पत्थर स्टोनको प्रयोग गर्नुपर्ने हुन्छ ।

ब्यापार व्यवसाय बढाउने देखि लिएर बैबाहिक जीवन, प्रेम सम्बन्ध, निद्रा नलाग्ने समस्या, टाउको दुख्ने समस्या समेतको उपचार पत्थर मार्फत गर्न सकिने उनको दावी छ ।वास्तुशास्त्रमा पनि उतिकै क्षेमता भएकी क्षेमताले घरको सजावट, घर किन्ने साइत जुराउने, घरको रंग रोगन,घरमा मूल ढोका राख्ने स्थान, बेडरुम, तस्विर, ट्वाइलेटलाई कुन ठाउँमा र कसरी राख्दा शुभ हुन्छ भन्ने बारेमा पनि जानकारी दिने गर्दछं । घर पारिवारिक सन्तुष्टि एवं घर भान्छाका सामानहरू कसरी राख्ने समेत उनले बताउदै आएकी छन् ।

क्षमताले आध्यात्मिक उपचार विधि रेकी पनि गर्दै आएकी छन् । जापानीज प्रविधि रेकीले डिप्रेशन, तनाव हटाउनुका साथै शारीरिक पीडालाई पनि न्यूनीकरण गर्दछ । तेलको माध्यमबाट शरीरका चक्रहरुलाई समानान्तर गरेर उपचार गरिने विधिले निकै फाइदा पुग्ने ढकालले बताएकीछन् । नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकालकी सुपुत्री क्षमता ढकाल नेपालमा जावलाखेल निवासी हुन् भने हाल लण्डनको साउथ ह्यार्रोमा बस्दै आएकीछन । विदेशमा अनलाइन सेवा समेत दिदै आएकी क्षेमताले भविष्यमा ट्यारोको तालिम समेत दिने विचार गरेकी छन् । बीबीसी टेलिभिजनबाट ट्यारोट कार्डमार्फत भविष्य हेर्ने ट्यारोट विशेषज्ञ क्यारोल स्जारमेनकी शिष्य हुन क्षमता ढकाल । नेपालमा पनि यो प्रविधि भित्र्याएकी क्षमता काठमाण्डौमा गएर पनि बेला बेलामा भविष्यवाणी हेर्ने गर्छिन ।
गोर्खा रेडियोका संचालक नरेन्द बस्नेतको सहयोगमा