शंकर बिसीको बिबादलाइ लिएर जातीय झगडा गर्नु भनेको राष्ट्रको लागी घातक हो !! क्यान्सर हो ! यो सुन्नु होस् (भिडियो)

स्कटनेपाल, युके
पत्रकारलाई धम्काएको भिडियो सार्वजनिक भएपछि जताततै चर्को आलोचनाको सिकार बनेका चर्चित कलाकार शंकर बिसीले माफी मागेका छन् । साथै उनले आफुले पत्रकारलाई धम्काएको भनि मिडियामा एकोहोरो समाचार आएको भन्दै असन्तुष्टि पनि पोखेका छन् ।

बिसीले आफु जानाजान क्यामेरा अगाडि नगएको प्रष्ट पार्दै अन्जानरुपमै त्यसो हुन पुगेको बताए । संचारकर्मी उत्सव रसाइलीसंगको कुराकानीका क्रममा बिसीले भने- ‘मैले त्यत्तिकै उहाँलाई त्यस्तो भनेको होईन, बजारमा एकतर्फी समाचार आयो । कार्यक्रमको स्टेज पछाडी ड्रेस चेन्ज गर्ने रुमकै छेउमा एक जना पत्रकारले कलाकारसंग अन्तरवार्ता लिइरहनु भएको रहेछ, ढोकै निर, त्यो मलाई थाहा भएन । म भित्रबाट बाहिर आँउदा उहाँको क्यामरा छेकीएछ, मैले सरि सरि…भन्दै उता गए ।’ यसै बिषय बस्तुलाइ लिएर अस्ट्रेलियाबाट शिव न्यौपानेज्युले आफ्नो प्रतिक्रिया यसरी दिनु भएको छ ! भिडियोमा हेर्नु होला !