प्रधानमन्त्री ओलीलाई भारत भ्रमण जानु अगाडी एक युवाको ८ बुदे गम्भीर सुझाव

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन । उनी आफैले भारत भ्रमणमा जान लागेको बारे बताईरहेका बेला विभिन्न ठाउँबाट सुझाव आउनु स्वभाविक हो ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण मितिबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले छिटै भारत भ्रमण गर्न लागेको बताएका हुन् ।

उनले भारतको भ्रमण गर्न लागेकोमा खुसी व्यक्त गर्दै युवा पत्रकार एच.बी ताम्राकारले प्रधानमन्न्री केपी शर्मा ओलीलाई गम्भीर अनि महत्वपूर्ण ८ बुदे सुझाव दिएका छन :

युवा पत्रकार एच.बी ताम्राकारले प्रधानमन्न्री केपी शर्मा ओलीलाई गम्भीर अनि महत्वपूर्ण ८ बुदे सुझाव यसप्रकार छन :

१) भारतिय लगानी पहिलेको तुलनामा दुई गुनाले नेपाल भित्रयाउने पहल नेपालले नेत्रित्व गर्ने गरी ठोस दुईपक्षिय समझौता गर्ने ।

२) सन् १९५० को शान्ति तथा मैत्री सन्धी पुनारावलोनको तत्काल टुंगो लगाउन पहल गरौ ।

३) प्रो भारत र प्रो चिन निति मानसिक र व्यवहारिक रुपले हटाऊदै , दुई ठुला अर्थतन्त्र भएका भारत-चिन बीच मजबुद पुल भएर काम गर्ने कुरा भारत अगाडी स्पष्ट पार्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न गम्भीर आग्रह गर्दै प्रतिबद्धता ज़ाहिर गर्न समझौता गर्ने ।

४)नेपालको सिमाना भित्र भारतिय सेना वा हतियार सहितका अपराधी अनुमति विना छिरे नेपालले सिधै गोली ठोक्न सक्नेसम्मको निर्देशन नेपाल सरकारले दिने भएकाले भारत सरकारले सिमानामा अराजक गतिविधि नगर्न आफ्ना सिमा सुरक्षा फौजीलाई विशेष ध्यान दिन आग्रह गर्ने । सिमानामा मिचिएको नेपालको भूभाग तत्काल फिर्ता गर्न पहल चाल्ने ।

५) आयात र निर्यातमा विशेष छलफल गर्ने । नेपालमा उत्पादित अदुआ , अलैची , जुट जस्ता नेपालमै उत्पादित वस्तुहरु भारतिय वजारमा लान बाट भारत सरकारले रोक लगाउने गर्छ । उसका उत्पादन नेपालमा सहजै आउने , हाम्रो रोकिदिने यो पनि न्यायोचित हो र । यो नेपालकालागि सिधा अन्याय हो ।ठोस कुरा गर्ने ।

६) आर्थिक वृद्धिको सम्बन्धमा खुलेर कुरा गर्ने । सार्कमा Energy Trade गर्ने सहमति भए अनुसार व्यवहारमा लागु गर्ने । भारतबाटमात्रै Energy Import गर्यौ , अब नेपालले Energy Export गर्ने प्रभावशाली रणनिति भारतसंग तयार गर्ने ।

७) व्यापारमा ग़ैर भन्सार राजस्वहरु (Non Direct Barriers) धेरै छन । कृषिका ३३ वटा वस्तु हामी भारतसंग निर्यात गर्न सक्छौ । सहज बनाउन सिधा भारतिय प्रधानमन्त्रीसंग कुरा गरेर नेपाल अनुकुल सहमति गर्ने ।

८) नेपालले स्रोत र जनशक्ति आफ्नै पर्योग गर्नेगरी भारतिय ठुलाठुला व्यापारीहरुको सवैखाले संरक्षण नेपालले गर्नेगरी भारतलाई सम्भावना भएका ठाउँमा तत्काल उधोगहरु खोल्न समझौता गर्ने ।