इशा गुरुङ र सावित्री सुबेदीको नारा : बलात्कारी को तुन्तुरो काट बलात्कारीलाइ फासी दे (भिडियो सहित)

युके, देश भित्र बलात्कार जस्तो जघन्य अपराधको समाचारहरु न सुनिने कुनै दिन बाकी न होला । नाबालिका देखि किशोरीहरु त्यसै गरी आफ्नै आफन्त देखि अन्जानहरुबाट बालिकाहरु बलात्कृत हुने गरेका छन । बलात्कारको समाचार आउछ पिडा हुन्छ तर त्यो बलात्कारीलाई कस्तो सजाय हुन्छ त्यो सर्बसाधारणलाई केहि पत्तो हुन्न । यसै संदर्बमा बेलायतवासी इशा गुरुङले फेसबुक लाइव मार्फत कडा आवाज सहित उनि भन्छिन बलात्कारी नरपिचासको कि त तुन्तुरो काटियोस, कि त घाटी छिनालियोस, कि त फासीको सजाय दिइयोस । उनले सबैलाई यो अपराधको बिरोधमा भिडियो शेयर गरी जागरुक गराउन अनुरोध समेत गरेकी छिन् ।
बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । आज भोलि उनि सामाजिक सेवा लगायत बलात्कार जस्तो जघन्य अपराध गर्ने बलात्कारी प्रति पनि आवाज उठाउने गरेकी छिन |

सगरमाथाकी छोरीको नाममा सामाजिक संजालमा चर्चित सावित्रा सुवेदी एक नारीवादी महिला हुन् । उनको ‘जयनारी’ सामाजिक संजालमा उत्तिकै चर्चामा छ ।
नारि बिशेष मुद्दाहरुमा जोडिएर नारि मुक्ति अभियानमै क्रियासिल देखिने सावित्री सुवेदी खुल्ला र स्पस्ट बक्ताको रुपमा चिनिन्छिन । पछिल्लो समय महिलामाथि हुने नारि हिंसा बिरुद्द खुलेर निर्धक्क बिरोधका आवाज बुलन्द गर्ने ‘जयनारी’ हुन् । आजको भिडियोमा हेर्नुहोस उनको आवाज बालिका बलात्कार विरुद्ध स्थानीय प्रशासनमा नाराजुलुश गर्दै स्थानीय बासिन्दा सहित !
#बलात्कारीलाई फाँसी दे |