कार्यालय सहयोगीनै डाक्टर झै बिरामी जांच्छन्, औषधी दिन्छन् । पानी नपिई आमरण अनसनमा ३ युवा ! (भिडियो)

सत्तामा पुगेपछि सबैलाई भ्रष्टाचार निर्मुल पार्छु भन्ने खुब मन लाग्दो रहेछ । ढुक्क हुनुस् यो भन्नका लागि भन्ने कुरा हो, गर्न को लागि होइन ।
जाबो चोकको चिया पसलमा बसेर गफ दिने सर्बसाधारणलाई पनि थाहा हुन्छ, कहाँ कहाँ कसरी भ्रष्टाचार हुन्छ भनेर । अनि बर्षौसम्म सत्ता, प्रतिपक्ष अझ भनौ राजनीतिको केन्द्रमा बसेकालाई थाहा हुँदैन क-कसले कहाँ -कहाँ कति -कति, के- के तिकडम गरेर को-को सँग मिलेर कसरी कसरी भ्रष्टचार गर्छन भनेर ?

भर्खरै राजनीति सिकेका बबुराहरु बाहेक सबका सबलाई थाहा हुन्छ यो खेल । टेण्डर कसरी पारिन्छ र टेन्डर पाउनेले कति कति पैसा अफर गर्छ र त्यसको भुतmानी कसरी आउँछ सबलाई थाहा छ । कुनै छापाखानालाई छाप्न दिए कति कमिशन आउँछ भन्ने थाहा छ, देखाउन लाई आफ्नै मान्छेकोे नाम मात्र राखेर आँफैले लगानी गरेको विज्ञापन एजेन्सी मार्फत कारोबार गरे बापत कमिशन आउँछ ।

हुने कामलाई नहुने भन्दै फाइल अड्काउने र एउटा सदर लेखेर सही गरिदिए वापत जीन्दगी नै परिर्वतन हुने कुरा को बाट लुकेको छ ?
कयाँै महानिर्देशक ज्यु, महाप्रबन्धक ज्यु, निर्देशक ज्युहरुको एउटा हस्ताक्षर करोडौंको हुन्छ । सचिव ज्युहरुलाई यो खेल थाहा छैन कि थाहा भएर पनि केही चिजको बुझो लागेर बोली नै फुट्दैन होला ?

सरकारका कुन मन्त्रीलाई कमिशन र घुसखोरीको चक्कर र सञ्जाल थाहा छैन यहाँ ? सबलाई थाहा छ दुरसंचारको खेल, विद्युत प्राधिकरणको खेल, वैदेशीक रोजगार विभागको खेल, त्रिभुवन विमानस्थलको खेल, उद्योग को खेल, पर्यटनको खेल, वन विभागको खेल, खेलकुद त झनै यसै खेल उसै खेल, स्वास्थ्यको खेल, पुनः निमार्णको खेल, सडक विभागको त खेल मात्र होइन महा झेल अनि यी सबको खेलमा क कस्को मेल ?

भ्रष्टाचार निर्मुल पारेर छोड्छौं रे । एउटा सामान खरिद गर्न भेन्डरसँग कमिशन नखाई फाइलमा सदर लेखिदैन, दर्जा हेरेर लाख, हजार सय र केही नपाए एउटा ल्वाङ भएपनि घुस नखाई लेखाले भुतmानी गरिदिदैन ।

राजाको पालादेखि चलिआएको यो चलन कुन मन्त्रीलाई थाहा छैन । हो केही भ्रष्टहरु समातिन्छन पनि, तर सेटिङ मिलाउन नसकेर, ठुला दलको आशिर्वाद नपाएर वा बार्गेनिङ नमिलेर । जीब्रो टोक्नै पर्दैन, यो खेल थाहा नपाउने कोही पनि छैनन ।

त्यात्रो संयन्त्र भएको अख्तियार दुरुप्रयोग अनुशन्धान आयोगलाई पाँच दश हजार खाने कर्मचारी समातेर नाक फुलाउन सुहाउँछ ? सुटुक्क टेन्डर खोल्यो, तेब्बर, मुल्यमा सामान खरिद ग¥यो, राज्यकोषको दोहन ग¥यो, हुण्डी मार्फत कमिशनको पैशा विदेश पठायो वा आफन्तका नाममा राख्यो ।

भ्रष्ट्रचारको संजाल तरिका यो वा यस्तै हो । भ्रष्टाचार नियन्त्रण गर्ने हो भने यो काम रोकिन प¥यो नि । फेरी पनि भन्छु, भ्रष्टाचार कहाँ कहाँ, ककसले,कसरी गरेको छ भन्ने कुरा प्रधानमन्त्री, मन्त्री त के सामान्य कार्यालय सहयोगीलाई पनि थाहा छ ।

मानौ मन्त्री ज्युहरुलाई थाहै छैन रे । अब भनिदिए, सोधखोज गर्नुस, कार्बाही गर्नुस । कारबाही गरेको सुनिएन भने २ वटा कुरा हुन्छ १ हिम्मत भएन २ तपाईलाई पनि भाग छुट्याए ।