बाईक चोर्दा चोर्दै रंगेहात पक्राउ परेपछि १९ चोरलाई प्रहरीचौकीमा यस्तो हालत बनाईयो (भडियो)

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा भिन्न दृश्य देखियो । मुख छोपेका १९ जना युवाहरु लामालस्कारमा थिए । हेर्दा १८ देखी २७ बर्ष भित्रका युवाहरुलाई मुख नै देखाउन नहुने गरी रुमालले छोपेका थिए भने पत्रकारहरुले उनीहरुको फोटो र भिडियो लिदै थिए । कास्की प्रहरीले जिल्लाका विभिन्न स्थानबाट विभिन्न मिति र समयमा हराइ वा चोरी भएका स्कुटर र मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरेर बेचबिखन गर्ने एक गिरोहलाई नै पक्राउ परेको गरेको छ । प्रहरीले त्यस्तो कार्यमा संलग्न १९ जनालाई पक्राउ गरेको हो ।
विभिन्न मिति र समयमा कास्कीका विभिन्न स्थानहरुवाट स्कुटर, मोटरसाईकलहरु चोरी गरी नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरि वेचविखन गर्ने गिरोहहरु सक्रिय रहेको भन्ने विषेश सूचनाको आधारमा पोखरालेखनाथ महानगरपालिका बडा नं ३ नदिपुर स्थित फिल्महलको पार्किङमा मोटरसाईकल चोर्दै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका निजहरुलाई आवश्यक अनुसन्धान एंव सोधपुछ गर्दै जाँदा चोरीका सम्पुर्ण कार्यहरु भिमाद गाउपालिका बडा नं ६ बस्ने बर्ष २२ को दिबस रानालाई मोटरसाईकल दिने भन्ने खुल्न आएको थियो । त्यस पश्चात दिबस रानाको खोजतलासमा खटिएको प्रहरी टोलिले उनलाई पोखरालेखनाथ महानगरपालिका बडा नं २७ बाट पक्राउ गरेको थियो । साथै यस घटनामा सहयोग पुर्याउने वर्कसप संचालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी राखेको छ । उनिहरुको साथवाट प्रहरीले विभिन्न मोडलका ८ थान मोटरसाईकल बरामद समेत गरेको छ ।