रबि लामिछाने लाइ सलुट गर्दै शरिनले युनिस्मा राइ लाइ किन जोडिन ! यस्तो छ रहस्य (भिडियो सहित)

जातीय विबिधता, सांस्कृतीक विबिधता, भाषिक विविधता, भौगोलिक विविधता, धर्म निरपेक्षता यो मुलुकका सुन्दरता हुन् । यी र यस्ता महत्वपुर्ण विविधता हाम्रो शक्ति हुन् । कमजोरी कदापि होइनन् । तर केही मानिसहरु यो विविधतामा हिलो छ्याप्न खोज्छन् र एक अर्का विरुद्ध बोल्न लेख्न बाध्य पार्छन । सामाजिक संजालमा केही यस्ता व्यक्तिहरु सक्रिय छन् जसले जातीय क्षेत्रीय, भौगोलीक, लैगिक कुरा अभद्र तरीकाले पोष्ट गर्छन त्यो पनि नक्कली आइडी बनाएर ।

बाहुन, क्षेत्रीलाई आगो रिस उठ्ने कुरा नक्कली एकाउण्ट बनाएर पोष्ट गर्ने, राई लिम्बु, लामा, शेर्पा, नेवार, गुरुङ दाजु भाई दिदी बहिनीलाई हेपेर र होच्याएर नक्कली नाममा पोष्ट गर्ने, हिन्दु धर्मालम्बी बनेर बौद्ध धर्मालम्बीलाई गाली गर्ने, आदी थुप्रै कृयाकलाप सामाजिक सञ्जालमा हुन थालेको छ । एक सच्चा नेपालीले अर्को नेपालीलाई जात, धर्म, क्षेत्र, भाषा, भेग, लिङगका कारण घृणा गर्दै गर्दैन । तथा कथित उच्च जात भनौदाहरुले विगतमा धेरैलाई अपहेलित गरेकै हुन् । विभिन्न अवसरबाट बञ्चीत गरेकै हुन्, छुवाछुत, धनी गरीब आदी विभीन्न नाममा दबाएकै हुन् । तर आजको पुस्ता हिजोको जस्तो छैन र भोलीको पुस्ता झन आजको जस्तो हुने छैन । कतिपय परिर्वतन समयले ल्याँउछ, ल्यएरै छोड्छ । केटा मान्छे हुर्के पछि जुगाँ आफै आए जस्तै हो ।

तर समस्या हामीबीच फाटो ल्याउने, वैमन्यश्यता बढाउने गिरोह सक्रिय भए भने हामी एक अर्कालाई तथानाम गाली गर्नमा उत्रिन्छौ । म फेरी पनि भन्छु समानताको लडाइ सकिएको छैन, उपलब्धीहरु संस्थागत भैसकेका पनि छैनन् । यो हाम्रो आपसी मामला हो, घरको मामला हो । हाम्रो विविधतालाई हाम्रो कमजोरी सम्झेर हामीबीच फाटो ल्याउने, घृणा पैदा गराउने, सतहभन्दा तल झरेर गाली गलौज गर्न विबश पार्ने काम केही व्यक्ति र संस्थाहरुले पाएका छन् ।

यस्ता गिरोहहरुलाई तपाई हामी मिलेर बसेको देखेर टाउको दुखेको छ । हामी लड्यौं भने तिनको दुकान चल्छ । अझ जातिय द्वन्द नै भए हाम्रो संस्कृतीमा अतिक्रमण गर्न मिल्छ, हामी मारकाटमा एक अर्का विरुद्ध उत्रिए तिनको हतियार कारखाना चल्छ । केही मानिसहरुले समाज भाँड्न त्यस्ता संस्थाहरुको जुठो र बासी भात खाएका छन् । तिनका काम धाम केही छैन तर लाइफ स्टाइल आलिसान छ । नेपाली नेपालीबीच नै झै झगडा मच्चाउन, एकले अर्कालाई रगत उम्लीने गरी उक्साउने र समाजलाई सधैपछि पारिरहने गिरोहले हाम्रो एकता, भाइचारा, सहन सक्दैन्न ।

हिजो मेरो पुर्खाले गरेको विभोदका लागि म माफी माग्छु र मेरो सन्ततीलाई त्यस्तो गलत शिक्षा र संस्कार कदापि दिने छैन । माया, प्रेम, सद्भावले सबै जोडिन्छ । एक जातिले अर्को जातिलाई होच्याउने युग बाट बाहिर निस्कौ हामी । कोठा भित्र मात्र बसियो भने हाम्रो परीधि त्यही कोठा भित्र मात्र हो । अरु केही देख्न सकिदैन तर कोठाबाट माथि उठेर छत वा कौसीमा बसेर हे¥यो भने सिंगो शहर देखिन्छ । सोचाइ फराकिलो पारौं ।

केही संस्था, दल मिडिया र व्यक्तिहरुले सायद हामीलाई रगत उम्लीने गरी एक अर्काको विरोध गर्न र त्यसलाई फैलाउन पैसा लिएका छन् ।
राजनीति गर्न केही मानिसहरुले धैरे मानिसको मन जित्न नसकेपछि, थोरै भएपनि मानिसलाई आफ्नो हातमा लिन जातिय, क्षेत्रीय मुद्धालाई आवश्यकता भन्दा बढी उत्तेजित बनाइरहेका हुन सक्छन् । चनाखो बनौ । सबै माग जायज छन् तर सकेसम्म कसैलाई गाली नगरी पुरा गरौ, गराऔ । भाई फुटे गवाँर लुटे भन्ने कुरा ठिक साचो हो ।

मनपरी पैसा लिने औषधी पसल १५ मिनेटमा बन्द । तस्करीका विषयमा बोल्दा बोल्दै अर्काे तस्करी !
Source News : news24 & Sidhakura