लिलिबिलीको कार्यक्रममा प्रियंका कार्कीको देखियो यस्तो अवतार (भिडियोसहित)

चलचित्र ‘लिलीबिली’को ‘हावा सरी’ बोलको गीत सार्वजनिक भएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्की रहेको उक्त गीत आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच रिलिज गरिएको थियो ।

सार्वजनिक गीतमा दिपेन्द्र घिमिरेको शब्द, एसडी योगी र मेनुका पौडेलको स्वर रहेको छ भने, गायक योगीकै सङ्गीत रहेको छ। टर्कीको स्तानबुलमा खिचिएको भिडियोका छायाँकार सुदिप बराल हुन् ।

भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । चलचित्र ‘लिलीबिली’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।

चलचित्रमा प्रियंका,प्रदीप,जसिता गुरुङ, अनुप विक्रम शाही र सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र यही आउँदो चैत्र ३० गतेबाट रिलिज हुदैँछ ।

चलचित्र लिलिबिलीको कार्यक्रममा नायिका प्रियंका कार्की हट अवतारमा प्रस्तुत भएकी छिन् ।

भिडियोमा हेर्नुहोस् प्रियंकाको हट अवतार