ज्योती मगरको आस्था राउतलाई यस्तो कडा जवाफ : को हुन् ज्योति मगर भिडियो सहित !!

‘कति स्वरका धनी चेलीहरु घरमै बस्नु पर्या छ, अश्लील कुराहरु र नाङगो नाच गर्नेहरु महोत्वसहरुमा बिक्या छन् ।’

युवापुस्ताकी चर्चित गायिका आस्था राउतले यो स्टाटस सेयर गरेपछि अर्की चर्चिच गायिका ज्योति मगरले कडा प्रतिउत्तर फेसबुकवाट नै सेयर गरेकिछन् । र, उनीहरुको शब्द युद्धमा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत मुख खोल्न थालेका छन् ।

को हुन् ज्योति मगर यो पनि हेर्नुहोला

स्टेजमा दिने प्रस्तुति र आफूले लगाउने लुगाबारे समय–समयमा विभिन्न आरोप प्रत्यारोप खेप्दै गरेकी ज्योती मगरले आस्था राउतको फेसबुक स्टाटस आफूप्रति लक्षित रहेको बुझ्न धेरै समय लगाइनन् । तत्काल लामो जवाफ सेयर गरिहालिन् ।

गायिका ज्योती मगरले केही समय अघि आस्थालाई जवाफ स्वरुप सेयर गरेको स्टाटस यस्तो रहेको छ –

नेपाली गीतसङ्गितमा परिवर्तनलाई विकृत्ति मान्ने हो भने, इण्डियन क्लासिक र वेस्टर्न म्युजिक (रक, मेटल, हिप-हप, ब्याटल आदी) भित्रिने वित्तिकै विकृत्ति आइसके । यीमध्येमा उहाँले गाउँने गीत कुन न्भलचभ को हो रु नेपाली संस्कृतिमा लोक दोहोरी मात्रै हाम्रो यानिकी नेपाली म्युजिक हो ।

रह्यो व्यस्त कलाकारहरु ९शीव परियार, प्रमोद खरेल, दोहोरीमा रामजी खाँड, पशुपति शर्मा, हिपहप ब्याटलमा लाहुरे, भिटेन० महिला कलाकारमा मेलिना राई, मिना निरौंला, दोहोरीमा प्रिति आले, ज्योती मगर रकमा सरस्वती लामा, आस्था राउत । उदाहरणका लागि यति कलाकार ।

अब सम्पूर्ण सभ्य कलाकार र संस्कृतिको चिन्ता गर्ने मिडियाहरुलाई प्रश्न यो छ की, बढी गाली खानेमा पुरुष कलाकारको तुलनामा महिला कलाकार किन बढी र कसरी रु
गीत सुन्ने हो भने यी महिला कालाकारको भन्दा कयौं गुणा छाडा सुन्न नसकिने शब्दहरु दर्शकहरु सँगै ती पुरुष कलाकारद्वारा गाइन्छ ।

तर उहाँहरुलाई देश निकाल्ने कुरा विकृतिको आरोप कहिले गरिन्न । बरु महङ्गो शुल्क तिरेर शोुहरु गरिन्छ । वास्तवमा त्यो जरुरी पनि छ । अन्ततः भगवान भने नी मालिक भने नी दर्शकस्रोता मात्र हुन् र उहाँहरु जसलाई डिमाण्ड गर्नुहुन्छ आयोजकले उसलाई बोलाउछन्। र मोटो रकम तिर्छन । यता कलाकार पनि खुसी आयोजक पनि खुसी र उता दर्शकस्रोता पनि खुसी । यसमा कसैको टाउको दुख्छ भने यो दुखाउनेको समस्या रह्यो ।

अब कुरा गरुम सुरिलो स्वर कण्ठीहरुको । यदी सुरिलो गायकी मात्रै गायकी हो भने बिमाकुमारी दुरा, अञ्जु पन्त, मेलिना राई लगायत यो क्याटगोरीको कलाकारले मात्रै स्टेजमा पाउनुपर्ने भयो । तर यो सम्भव छैन । सङ्गीतमा सुरिलो मात्र भन्दा पनि गीतअनुसारकोNotation, Sustain, Beat, Melody, Mice Techniques, Breathing Techniques, word pronunciation को राम्रो ज्ञान हुने हो भने, स्वर जस्तो भएपनि ‍उ गायक अथवा गायिका हो । मेरो विचारमा मलाई यस्तो लाग्छ ।

अब कुरा गरुम कपडाको । कपडा र सङ्गीतको सम्बन्ध छैन । कपडाको नाप, लम्बाइ र निर्णय व्यक्तिको स्वतन्त्रताको कुरा हो कानुनी रुपमा । समग्रमा म्युजिक मनोरञ्जन क्षेत्रभित्रको एउटा भाग हो भने मनोरञ्जन भित्र धेरै विधा छन् । उदाहरणका लागि सङ्गीत, चलचित्र, नाटक, स्टेज प्रफर्मेन्स (कुनै विधामा) र ग्ल्यामर ।

यी विधाहरुमा तपाइको रोजाइ कुन विधाको हो रु त्यसलाई अगाडी बढाउनुहोस् । शुभकामना छ । सकभर अर्काको विधालाई लाञ्छना नलाउनुस । अन्तमा महिला भएको कारणले एउटा कुरा भन्न चाहान्छु । महिला शसक्तिकरणका कुरा स्टेजमा, मिडियामा र माइक्रोफोनमा भाषणको रुपमा मात्र प्रयोग नगरौं । बरु आउनुहोस् हातेमालो गरुम । अनि महिलाले आफ्नो इच्क्षाअनुसार लगाउने, खाने हिड्ने, डुल्ने र शिर उठाएर जिउने वातावरणको सिर्जना गरुम । धन्वाद ।

यसअघि आस्था राउतले आफ्नो फेसबुक पेजमा लगातार ३ स्टाटस पोष्ट गरेकी थिईन् । उनको दोस्रो स्टास थियो, गुहार मागेको अवस्था ! कला र चर्तिकला छुट्टाउने संगीत निकायको Censor Board (सेन्सर बोर्ड) कहाँ छ ?

उनले फेरि अर्को स्टाटस अपलोड गर्दै भनेकी छिन्, म के भन्छु भने, Personal life मा जे जे गरे पनि Public life मा हामी कलाकार सम्यमित हुनुपर्छ ! किनकि हामी समाजका लागि उदाहरण हुन्छौँ सकभर गलत उदाहरण नबनौँ ।

यी दुई गायिकावीच सामाजिक सञ्जाल मार्फत किन युद्ध सुरु भयो ? र, यसको समाधान आगामी दिनमा कसरी होला ? यसको जवाफ कसैसँग छैन ।

केन्द्रबिन्दु बाट साभार :