बिना मगरले पहिलोपटक मन्त्री बनेपछि यस्तो उद्घोष गरिन, होला त् पुरा ?

काठमाडौं,

खानेपानी तथा सरसफाई मन्त्री बनेपछि बिना मगरले मेलम्चीको खानेपानी आयोजनाको बारेमा नयाँ उद्घोष गरेकी छिन । मन्त्री मगरले दशैंअघि नै मेलम्चीको खानेपानी काठमाडौं ल्याइ पुर्याउने उद्घोष गरेकी छिन ।

यो भिडियो पनि हेरौ

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा हर्षित मुद्रामा बोल्दै मन्त्री मगरले भनिन- ‘कम्तिमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पुर्‍याउने स्पिरिटका साथ काम गर्दैछौं, मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंवासीलाई आशावादी हुन आग्रह गर्छु ।’

यो भिडियो पनि हेरौ

संविधानको धारा २५ ले नै मौलिक हकअन्र्तगर्त स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जाडिएको विषय भएको उनले बताइन् । उनले भनिन्, ‘मेलम्चीको पानी काठमाडौं ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म हिजोमात्रै मेलम्ची पुगेर आएँ, मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पूनः सूचारु भएको छ ।’

उनले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिम द्धार) ‘ब्रेक–थु्र’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारिन् । ‘असार अन्तिमसम्म सुन्दरीजलमा पानी खसाल्ने प्रतिबद्धता आएको छ, मैले त्यही स्पिरिटमा काम गर्न निर्देशन दिएको छु’–उनले भनिन् ।

तराई–मधेशका २२ जिल्लामा खानेपानीमा देखिएको आर्सनिकको समस्या समाधान गर्न तराई–मधेश खानेपानी सुधार कार्यक्रम सञ्चालनमा आएकोले त्यसलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनले विश्वास दिलाईन् । त्यस्तै उनले हिमाली रेञ्जको सरसफाईमा पनि आफूले विशेष ध्यान दिने प्रतिबद्धता जनाईन् ।

मन्त्री मगरले आगामी ०७५ साललाई राष्ट्रिय सरसफाई वर्षको रुपमा घोषणा गरेर काम गर्ने बताइन् । उनले भनिन्,‘संविधानको धारा ३० मा पनि सरसफाईको बारेमा उल्लेख गरिएको छ, सोही अनुसार हामी ०७५ साललाई राष्ट्रिय सरसफाई अभियान सञ्चालन गर्छौं ।’ केही वर्षभित्र बाग्मती, विष्णुमति र धोबीखोलालाई पर्यटकीय रुपमा विकास गर्नेपनि उनले सुनाईन् ।

मन्त्री मगरले कम्तिमा पनि आफ्नो कार्यकालमा बाग्मतीमा र्‍याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता जनाइन् । ‘स्वस्थ खानेपानी र सफा वातावरण नागरिकको मौलिक अधिकार हो, त्यसैले यही स्पिरिटमा म काम गर्छु’–मन्त्री मगरले भनिन् । (संचारकेन्द बाट साभार)