दुलो परेको पेन्ट हेरेर, धमलाको हिन्दी सुनेर उडाउनेलाई विदेश बाट चेलीको दरो झापड (भिडियो सहित)

अग्रेजीमा सोधेको प्रश्नलाइ पत्रकार ऋषि धमलाले नेपाली मिसाउदै हिन्दीमा जवाफ दिएपछि सामाजिक संजालमा भाइरल ठुलै विरोध भएको थियो । लेखिका ज्वाला संग्रौलाले कसैको मज़ाक़ उडाउनु भन्दा त्यो समय देश निर्माणमा लगाउन गम्भीर सुझावसहितको चोटिलो प्रहार गरेकी छन् ।

लुगाको प्वाल हेरेर या धमलाको हिन्दी सुनेर मज़ाक़ उडाउने या खितिति हाँस्ने बेला होईन, देशको लागि केहि गर्ने, सकारात्मक सोच दिमागमा उमार्ने र अन्याय, अत्याचारको बिरुद्द आवाज उठाउने अत्यन्तै उर्जाशिल समय हो भन्दै सामाजिक संञ्जालमा आम महिलाको आवाज़लाई आफ्नो लेखन शैली मार्फत उठाएकी छन ।

ज्वाला संग्रौलाको फ़ेसबुक स्टाटस जस्ताको त्यस्तै :

नाथे अलिकति घुँडाँ दुलो परेको पेन्ट ला’र एकदिवटा फोटो फेशबुकाँ के हाल्या थ्यो , कुखुराका भालेले जगर फुलाए जसरी नै घोक्रो फुलाएर क्वाक क्वाक गर्दै लाप्पा पर्न पो आउँछन् त कोइ कोइ ए रात्तै..!

हेर भाइ हो,यो समय यसरी मेरा लुगाको प्वाल हेरेर या धमलाको हिन्दी सुनेर मज़ाक़ उडाउने या खितिति हाँस्ने बेला होईन, देशको लागि केहि गर्ने, सकारात्मक सोच दिमागमा उमार्ने र अन्याय, अत्याचारको बिरुद्द आवाज उठाउने अत्यन्तै उर्जाशिल समय हो।

सक्छौ भने ती बलात्कारमा परेर पुरुष देख्दा समेत तर्सिने कलिला बच्चीहरुका पक्षमा मैले बोलिरहँदा त्याँ कमेन्ट गर, मलाई त्यता सघाओ ।अझ सक्छौ र मन छ भने उपचार खर्च नि पठाओ तर यसरी एउटी महिलाले अलिकति फाटेको पेन्ट लाको देख्ने बित्तिकै के के न भए जसरी यो नला, ऊ नला भन्दै बाहिर मुखले ठिक्क पारेर मनमनै नारीको बलात्कार नगर है केहि अराजक बोकाज्यानहरु..!

अहिले नि कमेन्टमा धुलो उडाउँदै आउने होकि, आउन त आओ स्वागत छ तर भएभरको मुढे बल लगाएर कमेन्टमा झुत्ती खेल्दै समय खेर फालेर लास्टाँ कमेन्ट समेन्ट उडाएर टाप चैं नठोक है बरिष्ठ इज़्ज़तदारहरु..!
#you are not defined by what you wear! Instead,You are defined by how you think , act and load the perspective of humanity in the core of your heart! That makes you a real human! You can be that human if you implant the seeds of positive aspects in your brain! How come you run after someone’s dress up and language bae??