डा महतमाथि खड्काले किन हिर्काए टाउकोमै बोत्तल सार्वजनिक कार्यक्रममै? यस्तो रहेछ कारण (हेर्नुहोस् भिडियोसहित)

काठमाडौ‌ं, ४ चैत ।

कुरा विहीबार साँझ पाँच बजेतिरको हो । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतमाथि गृहजिल्ला नुवाकोटमै आक्रमण भयो । त्यो पनि सार्वजनिक कार्यक्रममा भाषण गरिरहेका बेला । उनको टाउकोमा एक युवाले पानिको बोत्तलले हिर्काए ।

दुप्चेश्वर गाउँपालिकाको आयोजनामा दुप्चेश्वर गाँउपालिका वडा नं. ३ राउतबेंसीमासुरु भएको ‘प्रथम दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उद्घघाटन समारोहमा महतमाथि भूकम्पपिडित परिवारका एक युवाले आक्रमण गरेका हुन् ।

काम कम र कुरा बढी गर्ने नेताहरुको शैलीबाट आजित जनताहरुलाई महतले भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा पनि भाषण दिइरहेका थिए । त्यसै क्रममा तुप्‍केश्वर-३ का रामहरी खड्‍काले डा. महतको टाउकोमा बोतलले हिर्काइदिए । त्यहाँ रामशरण समर्थक धेरै भए पनि खड्‍कालाई कसैले फुर्तिका साथ रोक्‍न चाहेनन् ।

तर प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको छ । ३० वर्षीय खड्‍कालाई सार्वजनिक अपराध मुद्धामा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थपगरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

कुनैबेला जिल्लामा निकै लोकप्रिय मानिएका नेता महतलाई गत चुनावमा जनताले पराजित गरेका थिए । भूकम्प पीडितको त्रिपालमा भएको भ्रष्टाचार काण्डमा डा. महत पनि मुछिएका थिए ।

खड्काले डा महतमाथि किन गरे आक्रमण ?

०७२ साल बैसाख १२ गते गएको शक्तिशाली भूकम्पले खड्काको घर ढलाएको छ, उनकाे परिवार बेघर छ । आवास निर्माणको लागि सरकारी अनुदान पाउने अाशामा रहेका खड्का परिवारकाे नाम भूकम्पपिडितको सूचीमा छैन । अाफुजस्तै कयाैं परिवारहरू अझै पन भूकम्पले दिएकाे पिडमा बाँचिरहेका छन् तर त्यहि जिल्लाको स्थानीयवासी भएर पनि डा महतले जिल्लावासीलाई राहतका लागि सहयोग गर्नको साटो बेवास्ता गरेको भन्दै खड्काले हिर्काएका हुन् ।

डा महतले गुनासो सूचीमा फारम भर म माथि भनिदिन्छु त भने तर, खड्का परिवारको नाम पिडितको सूचीमा परेन । अर्थात् डा महतले सहयोग गर्नुको साटो झन् असहयोग गरेको खड्काको बुझाई छ । यता सार्वजनिक कार्यक्रमहरुमा भने भूकम्प पीडितलाई ‘मैले यो गरे र उ गरे’ भन्दै भ्रम सिर्जना गरेर जनतालाई उल्लु बनाएको उनको आक्रोश छ ।

बिहिबार पनि डा महतले भाषण गरिरहदाँ भूकम्पपिडितका लागि आएको जस्ता र त्रिपाल चोर्ने नेता आफूहरुलाई नचाहिएको भन्दै खड्का आक्रोशित बनेको थिए । त्यही आक्रोशलाई नियन्त्रण गर्न नसकेर उनले डा महतको टाउकोमै बोतलले हिर्काए ।

यसैबीच चैत ४ गते अर्थातसम्म जारी उक्त भलिबल प्रतियोगितामा नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, काठमाडौंँ, बाजुरा, स्याङ्जा र ललितपुर जिल्लाको सहभागिता रहेको छ ।

प्रतियोगितामा पहिलो हुने समूहलाई एक लाख र दोस्रो हुनेलाई ५० हजार पुरस्कार तोकिएको छ । सिन्धुपाल्चोक ‘ख’ र बाजुराबीच हिजो भएको उद्घाटन खेलमा सिन्धुपाल्चोक ‘ख’ तथा बालकुमारी क्लब र सिन्धुपाल्चोक ‘क’बीच भएको खेलमा बालकुमारी ‘क’ विजयी भएका छन् । यस्तै कालिका युवा क्लब र पञ्चकन्या गाउँपालिकाबीचको खेलमा कालिका क्लब विजयी भएको छ ।

खडकाले महतमाथि यसरी बोतल हानेका थिए । हेर्नुहोस् भिडियो (संचारकेन्द्र बाट साभार)