केपीको अगाडी प्रचण्डको कडा चेतावनी, उपेन्द्र यादब हेरेको हेर्रै (भिडियो सहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकका बिभिन्न स्थानमा जनप्रतिनीधीमाथि आक्रमण हुनु दुखद कुरा भएको उल्लेख गनुृभयो । उहाले प्रतिकृयाबादीहरुले परिवर्तनकारी शक्तिलाई असफल बनाउने षडयन्त्र गरिरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओली तर्फ संकेत गर्दै कार्यकारी पदमा पुगेपछि काम गर्न नसके फेरी जनताले फिर्ता बोलाउन सक्ने बताउनु भयो । उहाँले मुलुक अब आर्थिक पक्षबाट बलियो बनाउनु पर्ने बताउँदै प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने बताउनुभयो । एमाले, माओवादी, फोरम र राजपाका सासंदलाई वालुवाटारमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै संविधान समयको माग अनुसार संशोधन हुने भन्दै देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संशोधन भने नहुने बताउनुभएको हो । ओलीले अहिलेको समयमा देशमा नेपाली कांग्रेसको आवश्यकता नरहेको पनि बताउनुभयो ।