नेपालमा कहाँ र कहिले भए, विमान दुर्घटना ? (भिडियो रिपोर्ट)

ज्ञानमणि नेपाल कालोटोपी
०७४ फागुन २८ गते नेपाली विमान इतिहासमा सबैभन्दा दुखद दिनको रुपमा लेखिने निश्चित भएको छ । बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भयो । विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रु सवार रहेका थिए । जस मध्ये केहिलाई घट्नास्थलबाट जिवीतै उद्धार गरिए पनि अधिकांश यात्रीको दुखद निधन भएको छ । निधन हुनेको संख्या ४९ पुगिसकेको छ । मानविय क्षतिको हिसाबले यो निकै नै ठूलो विमान दुर्घटना हो । विमान दुर्घटनाको कारण र क्षतिको यकिन विवरण भने अझै आउन बाँकी छ ।

नेपालमा विमान दुर्घटनाहरु कहिले र कसरी भएका थिए त भनेर हामीले यसपटक दुर्घटनाको इतिहास केलाउने प्रयास गरेका छौं । हेर्नुहोस् भिडियो रिपोर्ट –