यसरी भयो विमान दुर्घटना,हेर्नुहोस लाईभ भिडियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा ४० जनाभन्दा बढीको ज्यान गएको छ । विमान जलेर नष्ट भएको छ । हेर्नुहोस् हाम्रा क्यामेरा पर्सन दिपेन्द्र रायमाझी र संवाददाता अदिती पौडेलले खिचेका भिडियो –

 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा लागेको आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले आगो निभाउने कार्य गरे ।
धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।