साम्राज्ञीको ट्याटूमाथी माग्नेको ब्यङ्ग्य , फैलियो नयाँ तरङ्ग (भिडियो सहित )

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह पत्रकार सम्मेलनमै आक्रोसमा आएकी छिन ।उनको ट्याटु र गाउले नबन्नि कुरामा प्रस्न गर्दा उनि आक्रोसमा आएकी हुन् । फिल्म ‘तिमी सँग’को ट्रेलर रिलिज भएको छ । निर्माण टिमले आईतबार राजधानीमा एक कार्यक्रम गर्दै मिडियाकर्मीमाझ ट्रेलर सार्वजनिक गर्दा डिजिटल अधिकार प्राप्त कम्पनि हाईलाईट्स नेपालले वर्डवाईड रुपमा ईन्टरनेटमा फिल्मको ट्रेलर रिलिज गरेको छ ।
पछिल्लो पुस्ताकी चल्तीकी अनि स्टार अभिनेत्रीको ट्याग पाएकी साम्राज्ञीराज्य लक्ष्मी शाह स्टारर फिल्मको ट्रेलरमा उनिसँगै लिड कलाकारहरु आकाश श्रेष्ठ, नाजिर हुसैन, सलोन बस्नेत, निर्माता तथा निर्देशक समेत रहेका शिशिर राणा मुख्यतः फिचर छन् । ट्रेलरले त्रिकोणात्मक प्रेम कथा बोल्छ । एक यात्राको कथामा फिल्म केन्द्रित छ ।
चैत्र २३ लाई प्रदर्शन मिति तय गरिएको फिल्मको यसअघि सार्वजनिक गीत हिट नम्बर बनिसकेका छन् । फिल्ममा संगीत राहुल मुखर्जी, दीपक पाठक र रिदम कंडेलको छ । सुशिल क्षेत्रीले खिचेको फिल्मको कथा पनि निर्देशक राणाको नै हो । काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा डिसिएनले फिल्मको वितरण जिम्मा लिएको छ ।