छोरा साकारले लगाए आफ्नै बाउ छवि ओझालाई यस्तो आरोप

काठमाडौं । चलचित्र निर्माता छविराज ओझाले निर्माण गरेको चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ बोलको गीतले ले एक करोड भन्दा बढि भ्युज पाएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर गीतको भ्युज एक करोड पुगेको उपलक्षमा केक समेत काटिएको छ ।

लोक लयमा आधारित उक्त गीतमा पुष्प खड्का र शिल्पा पोखरेल फिचरिङ छन् । गीतमा दीपक शर्माको संगीत तथा शब्द छन् भने कृष्ण काफ्ले र विन्दु परियारले स्वर दिएका छन् ।
चलचित्र ‘मंगलम’ का कलाकार लगायत अन्य बरिष्ठ कलाकार तथा सञ्चारकर्मीको उपस्थितिमा केक काटिएको हो । बरिष्ठ कलाकार निर शाह देखि मिथिला शर्मासम्मको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा सबैभन्दा आकर्षणको केन्द्रमा चलचित्रको निर्माता छवि ओझा र प्रस्तुतकर्ता शिल्पा पोखरेल रहेका थिए । कार्यक्रममा छविराजको प्रेमिका भनेर प्रचार हुँदै आएकी शिल्पालाई छविराजकी श्रीमती भनिदिँदा उनी लाजले भुत्तुकै भएकी थिईन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै निर्माता छविराज ओझाका पुत्र साकार ओझाले आफ्नो बाउ छवि ओझालाई फिल्म बनाउन नजानेको आरोप लगाउने गरेको बताए । उनले आफूले अहिलेसम्म छविराज ओझाले बनाएको दुईवटा मात्रै चलचित्र हेरेको स्मरण गरे । यद्यपि मंगलमको निर्माता समेत रहेका साकारले मंगलमलाई जीवनमा पहिलो पटक राम्रो फिल्म बनाएको भनेर तारिफ गरेको बताए ।