नेपाल आइडल बुद्ध लामा तनावमा, जितेको पुरस्कार अहिलेसम्म नपाउदाँ यसरी मुख खोले (भिडियो)

एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका थिए.

सार्जनिक भएको एउटा अडियोमा उनले भनेका थिए, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु-बुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’ लामाका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् ।‘म कति धाउनु ? कति धाउनु ? आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने ? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने ? तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त ?’

मलाई अप्ठेरो न अप्ठेरो लागिरहेको छ भन्दै उनले यो सन्देश भाइरल बनाइदिन सबैसँग आग्रह गरेका छन् ।उनले भने, ‘पहिले ट्याक्स आफूले तिर्नुपर्ने कुरा प्रष्ट भनिएको थिएन र पछि मात्रै यो कुरा थाहा छैन । आठ लाख रुपैयाँ मसँग नभएकाले कार चढ्न पाइनँ ।’

तर नेपाल आइडलको आयोजकले अझै उनलाई पुरस्कार दिएको छैन, अझ बुद्ध लामालाई खातामा पैसा नभएको चेक दिएर झुक्याइरहेको छ भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्छ । बुद्ध आफैले आफु आठ महिना देखी पुरस्कारको लागी धाइरहेको तर आयोजकले आफैसंग १० लाख मागेको खुलासा गरेका छन । बुद्ध लामाले पुरस्कार नपाएको बिषय उनकै मुख बाट सुन्नुहोस ।