लन्डनको विमानस्थलमै यसरी भब्य स्वागत युवा कवि पराजुलीको :

शिब भण्डारी / लन्डन युके

लण्डन। आगामी मार्च १० तारिख शनिबार साँझ लन्डनको ग्रिनफोर्ड टाउन हलमा हुन लागेको कविता कन्सर्टमा सहभागी हुन युवा कवि नवराज पराजुली बेलायत आइपुगेका छन् ।

बेलायतमा पहिलोपटक आयोजना हुन लागेको नेपाली कविता कन्सर्टको तयारी अहिले तिब्र भइरहेको छ । पछिल्लो समय नेपालमा अत्याधिक चर्चा कमाउन सफल सेलिब्रेटी कवि नवराज पराजुली लन्डनको ग्रिनफोर्ड टाउन हलमा हुन लागेको कविता कन्सर्टमा सहभागी हुनका लागि आइपुगेका हुन ।

उनलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ, स्वागतका लागि विमानस्थलमा एनबिसी यूकेका अध्यक्ष मिलन घिमिरे कार्यक्रमका संयोजक तथा एनबिसी यूकेका सल्लाहकार रामशरण सिंखडा,पूर्व अध्यक्ष कमलराज खनाल, सदस्यहरु वसन्त नेपाल,राजेन्द्र ओझा, संजिव घिमिरे लगायतको उपस्थिति थियो ।

कार्यक्रममा कवि नवराज पराजुलीले आफ्ना कविताहरु वाचन गर्नेछन् । पराजुलीको प्रस्तुतिबाहेक बेलायतका केहि स्रष्टाहरुलाई पनि कविता वाचन गर्न समय उपलब्ध गराइनेछ ।

च्यारिटीमुलक उद्धेश्यले गर्न लागिएको कविता कन्सर्ट कार्यक्रमबाट संकलित रकम सर्लाहीको हरिवनस्थित चेतना सन्देश नेपाललाई सहयोग गरिनेछ ।

बेलायतको नेपाली डायस्पोरामा अलिक भिन्न कार्यक्रम गरिंदैछ, कविता कन्सर्ट । कविता सुनाएरै संकलित रकम सर्लाहीका द्वन्द्व पीडित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले पृथक कार्यक्रम गर्न लागेको हो । (लन्डननेपालन्युजको सहयोगमा)