रुपन्देहीमा बृहत लोक गित प्रतियोगिता हुदैँ

सुदिप गौतम/ बुटवल फागुन २२,
रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल रुपन्देहीले यहि फाल्गुन २६ गते सनिवारको दिन बुटवलमा लोक गित प्रतियोगिता आयोजना गर्ने भएको छ।
यस क्षेत्रमा लुकेर रहेको प्रतिभा हरुलाई उजागर गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको उक्त कार्यक्रम का सम्योजक उज्वल गिरिले एकता खबरलाई बताएका छ्न। प्रतियोगी मधय उत्कृष्ट २ जनालाई नगद रु पाचहजार सहित प्रमाणपत्रको ब्यवस्था हुने र प्रदेस स्तरीय लोक गित प्रतियोगितामा पठाईने र त्यहा बाट पनि उत्कृष्ट हुनेलाइ लोक दोहोरी प्रतिष्ठन काठमाडौले आयोजना गर्ने कार्यक्रममा सहभागी बनाइने रुपन्देहीका अध्यक्ष दिपक गरौजाले बताएका छ्न।
उक्त कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्रको ब्यवस्था हुने बताईएको छ। सोहि क्रममा लोक दोहोरि प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पङेनीले सहभागीहुने सबैलाई शुभकामना व्यक्त गरेका छ्न साथै यो प्रतियोगिता बाट लोक संगीतले एउटा नया आवाज पाउने उनले बिस्वास व्यक्त गरेका छ्न। कार्यक्रम यहि फाल्गुन २६ गते सनिवार बिहान १० बजे बुटवलको मिलनचोक मा रहेकोे गोधुली रोधी घरमा हुने सचीव दिपु मगरले बताएका छ्न।

फाइल तस्विर