देउवाको प्रश्नमा प्रचण्डको चोटीलो जवाफ, माननीयहरुको संसदमै एक अर्कामा घोचपेच (भिडियो)

संघीय संरचनामा गएपछि मंगलबार संसदको दोस्रो बैठक बस्यो । यो बैठकमा प्रमुख दलका नेताहरुले सम्बोधन गरेका थिए । यो संघीय संसदमा दलका नेताहरुको पहिलो सम्बोधन थियो । कुन नेताले संसदमा पहिलो सम्बोधन गर्ला र के भन्ला भन्ने सबैको चासोको बिषय थियो । सम्बोधनका क्रममा प्रमुख दलका नेता एक अर्कालाई घोचपेच गर्न छुटाएनन् भने सम्बोधनकै क्रममा केपी ओली र निर्वाचित सांसदलाई शुभकामना दिन पनि छुटाएनन् । संसदको दृश्य र नेताहरुको अभिव्यक्तिले उनीहरु अझै संविधान निर्माण र निर्वाचनमा जस्तै एकआपसमा सहकार्य गर्न आतुर रहेको भान हुन्थ्यो ।
पहिला बोलेका नेता माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई देखिनेगरी काम गर्न सुझाव दिए । प्राय सिधा भाषण गर्ने नेता नेपालले यो पटक उखान र टुक्का मिसाउँदै भने । काँग्रेस सभापति देउवाले सम्बोधनको सुरुमै प्रधानमन्त्री केपी ओलीमाथि व्यङ्ग ठोके । ‘ओलीजी चुनाव नै गराउँदैन भन्नुहुन्थ्यो, अहिले उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई सफल कार्यकालको शुभकामना छ ।’ देउवाले भने ।प्रचण्डले राष्ट्रिय राजनीतिलाई आफ्नो सम्बोधनको विषयबस्तु बनाए । ‘संयोग नै मान्नुपर्छ म र नेकपा माओवादी सधै केन्द्रमा पर्ने गरेको छु, मलाई यो अवसर प्राप्त भएकोमा यो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्छु’ । थप भिडियोबाट हेर्नुहोस्